काठमाडौं । सुनको भाउ एकै दिन तोलामा १ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार (आज) सुनको मूल्य तोलाको १ लाख ९ हजार रुपैयाँ तोकिएको छ । गत बुधवार सुन तोलाको १ लाख ७ हजार ८०० रुपैयाँमा खरीदविक्री भएको थियो ।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँ बढेर १ हजार ३६० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ३३५ रुपैयाँ थियो ।
अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य बढ्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान १२ः३४ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९८० दशमलव ९३ डलर पुगेको छ । अघिल्लो दिन बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९६९ दशमलव ७७ डलर पुगेको थियो ।
त्यसैगरी आज डलरको मूल्य भने स्थिर छ । आज १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ५६ पैसा कायम भएको नेपाल राष्ट्र बैैकले तोकेको विनिमयदरमा उल्लेख छ । अघिल्लो दिन पनि सोही मूल्यमा डलर खरीदविक्री भएको थियो ।