लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, विपक्षी कांग्रेस अझै अनिर्णीत

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सरकारको नेतृत्व गरेको ८ दिनपछि आज विश्वासको मत लिँदैछन्। गिरीले आज दिउँसो एक बजे बस्ने प्रदेशसभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेको हुन्। सत्ता गठबन्धनमा रहेका ७ दलहरूको स्पष्ट बहुमत भएपनि विपक्षी नेपाली कांग्रेसले विश्वासको मत दिने नदिने विषयमा निर्णय लिन सकेको छैन । नेपालको संविधानको […]

सम्बन्धित सामग्री

आज विश्वासको मत लिँदै प्रम

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत लिँदै हुनुहुन्छ । सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सत्ता साझेदारी गर्ने सहमति भएसँगै सरकार

विश्वासको मतबारे निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो ।  कांग्रेस केन्द्रीय

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

काठमाडौं :  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वावसको मत लिँदै छन्।दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा विश्वासको मत लिन लागेका हुन्। कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता हस्तान्तरण गरेपछि गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन्।  बैठ

बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

२२ कात्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार दिउँसो प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ । एक भन्दा बढी दलको समर्थन पाएर नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको […]

के प्रदेश १ मा पूरा होला विश्वासको मत लिने प्रक्रिया ?

मोरङ – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सरकार निरन्तरताका लागि सोमबार विश्वासको मत लिँदै छन्। कार्तिक ७ गते विश्वासको मतको लागि मिति तय गरिएको भए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल एमालेले विशेष कारण देखाउँदै स्थगित माग गरेका थिए। सोक्रममा सभामुख प्रदीपकुमार भण्डारीले १५ गते सोमबारका लागि विश्वासको मत लिने मिति […]

प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिँदै LIVE

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै छन्। आइतबारको प्रतिनिधिसभा बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्। देउवालाई कांग्रेस र माओवादीका अतिरिक्त एमालेको माधव नेपाल पक्ष र जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले मतदान गर्दैछन्।

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन्।  शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।संविधानको धारा १६८ (५)अनुसा

सरकार गठनमा ‘सरप्राइज’ दिने काँग्रेसको रणनीति

प्रमुख प्रतिपक्षी काँग्रेस प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने प्रयासमा ढुक्क भए पनि वैकल्पिक सरकार बनाउने विषयमा भने अझै प्रतीक्षामै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास भने प्रतीक्षामा राख्दै अघि बढिरहेको छ । यसपटक कांग्रेस सरकार गठनमा ‘सरप्राइज’ दिनेगरी अघि बढिरहेको कांग्रेस नेताकै आँकलन छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले अब विश्वासको पक्ष

विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराउनुभएको हो । कृषिमन्त्री पद्मा अर्यालका अनुसार वैशाख २७ गते विशेष अधिवेशन बोलाउन आह्वान गर्ने र त्यही अधिवेशनबाट विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । प्रधानमन्त्रीले आफूमाथि संसद्को विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् । नेकपा एमाले र माओवादी केन्द्र एकतापछि नेकपा नेतृत्वमा ओलीले सरकारको नेतृत्व सम्हाल्नुभएको थियो । पार्टीको नामलाई लिएर परेको मुद्दामा सर्वोच्चले नेकपाको एकता भंग हुनेगरी पैmसला गरिदिएपछि एमाले अध्यक्ष समेत रहेका प्रम ओली अप्ठ्यारोमा पर्नुभएको हो । एमालेभित्रकै नेपाल पक्ष ओलीको विरुद्धमा समानान्तर गतिविधि गर्दै हिँडेको छ भने माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ । नेपाली कांग्रेससँग मिलेर बहुमतसहितको अर्काे समीकरण बनाउने तयारी माओवादीको छ । प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउनेबारे एमालेको असन्तुष्ट पक्षसहित कांग्रेससँग माओवादी केन्द्रले निरन्तर छलफल अघि बढाएको छ तर तत्कालै विपक्षी दलहरूले कुनै निर्णय नलिएपछि ओली विश्वासको मत लिन आफै अघि सरेको उहाँ निकटतम स्रोत बताउँछ । नेपाली कांग्रेस र माओवादी केन्द्रले भने अझै पनि ओलीको विपक्षमा बहुमत पुर्‍याउन सकेका छैनन् । जनता समाजवादी पार्टीभित्र यस विषयमा सहमति हुन नसक्दा कांग्रेस र माओवादी केन्द्र अविश्वास प्रस्ताव दर्ता गर्नबाट पछि हटिरहेका छन् । जसपाको पूर्वराजपा पक्ष ओलीको पक्ष र पूर्वसंघीय समाजवादी पक्ष विपक्षमा छ । विश्वासको मत लिने निर्णय लिनुअघि प्रधानमन्त्री ओलीले आइतवार एमालेको स्थायी समिति बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो । प्रतिनिधिसभाको विशेष अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपतिले सोही प्रयोजनका लागि वैशाख २६ गते सोमवारका दिन प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषद्का सिफारिशमा संविधानको धारा १०० को उपधारा (१)अनुसार प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको जानकारी दिएको छ । वर्तमान संविधानअनुसार विशेष अधिवेशन आह्वान गरिएको यो पहिलोपटक हो ।