विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत लिने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराउनुभएको हो । कृषिमन्त्री पद्मा अर्यालका अनुसार वैशाख २७ गते विशेष अधिवेशन बोलाउन आह्वान गर्ने र त्यही अधिवेशनबाट विश्वासको मत लिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । प्रधानमन्त्रीले आफूमाथि संसद्को विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् । नेकपा एमाले र माओवादी केन्द्र एकतापछि नेकपा नेतृत्वमा ओलीले सरकारको नेतृत्व सम्हाल्नुभएको थियो । पार्टीको नामलाई लिएर परेको मुद्दामा सर्वोच्चले नेकपाको एकता भंग हुनेगरी पैmसला गरिदिएपछि एमाले अध्यक्ष समेत रहेका प्रम ओली अप्ठ्यारोमा पर्नुभएको हो । एमालेभित्रकै नेपाल पक्ष ओलीको विरुद्धमा समानान्तर गतिविधि गर्दै हिँडेको छ भने माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ । नेपाली कांग्रेससँग मिलेर बहुमतसहितको अर्काे समीकरण बनाउने तयारी माओवादीको छ । प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउनेबारे एमालेको असन्तुष्ट पक्षसहित कांग्रेससँग माओवादी केन्द्रले निरन्तर छलफल अघि बढाएको छ तर तत्कालै विपक्षी दलहरूले कुनै निर्णय नलिएपछि ओली विश्वासको मत लिन आफै अघि सरेको उहाँ निकटतम स्रोत बताउँछ । नेपाली कांग्रेस र माओवादी केन्द्रले भने अझै पनि ओलीको विपक्षमा बहुमत पुर्‍याउन सकेका छैनन् । जनता समाजवादी पार्टीभित्र यस विषयमा सहमति हुन नसक्दा कांग्रेस र माओवादी केन्द्र अविश्वास प्रस्ताव दर्ता गर्नबाट पछि हटिरहेका छन् । जसपाको पूर्वराजपा पक्ष ओलीको पक्ष र पूर्वसंघीय समाजवादी पक्ष विपक्षमा छ । विश्वासको मत लिने निर्णय लिनुअघि प्रधानमन्त्री ओलीले आइतवार एमालेको स्थायी समिति बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको थियो । प्रतिनिधिसभाको विशेष अधिवेशन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपतिले सोही प्रयोजनका लागि वैशाख २६ गते सोमवारका दिन प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषद्का सिफारिशमा संविधानको धारा १०० को उपधारा (१)अनुसार प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको जानकारी दिएको छ । वर्तमान संविधानअनुसार विशेष अधिवेशन आह्वान गरिएको यो पहिलोपटक हो ।

सम्बन्धित सामग्री

दोस्रो पटक विश्वासको मत लिँदै वागमती प्रदेशका मुख्यमन्त्री

आज वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै छन्। सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्...

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन्। दिउँसो एक बजे बस्ने बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। यसअघि उनले हिजै विश्वासको मत लिने भनिए पनि विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव मात्रै पेश गरेका थिए।  हिजो पेश गरिएको प्रस्तावमा आज मत विभाजन हुनेछ। हिजोको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि उनले आज विश्वासको मत लिन लागेका हुन्।  पार्टीको महाधिवेशनका कारण प्रदेशसभा बैठकमा एमाले सांसद उपस्थित

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । गठबन्धन दलले मुख्यमन्त्री राईले विश्वासको मत दिने निर्णय समेत गरिसकेको छ ।गठबन्धनको सोमबार बसेको बैठकले मंगलबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राई विश्वासको मत दिने निर्णय गरेको थियो । सभामुख प्रदीप भण्डारीले प्रदेश सभाको बैठक आज १२ : ३० बजेको लागि  डाकेका छन्

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । गत ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोही...

आज विश्वासको मत लिँदै बागमतीकी मुख्यमन्त्री शाक्य

काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिँदै छिन्। मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गएको असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गरेकी थिइन्। विश्वासको मतसम्बन्धी प्रस्ताव बिहीबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत हुनेछ। मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने सम्भावना कम छ। शाक्यले गएको भदौ २ गते नेपालको पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिएकी हुन्। […]

प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत लिँदै LIVE

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदै छन्। आइतबारको प्रतिनिधिसभा बैठकको दोस्रो सत्रमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्। देउवालाई कांग्रेस र माओवादीका अतिरिक्त एमालेको माधव नेपाल पक्ष र जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले मतदान गर्दैछन्।

मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिँदै छन्।  शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत रहेको दावी पेश गरेका कांग्रेस संसदीय दलका नेता पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन ।संविधानको धारा १६८ (५)अनुसा

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदै छन्।...

आज संसद्को विशेष अधिवेशन, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । आज सांसदहरूले विश्वासको मतको पक्ष र विपक्षमा मतदान गर्ने छन् । एमालेले ह्विप जारी गर्दै सांसदहरूलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । तर सत्तापक्षकै नेपाल–खनाल […]