चितवन : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब ३०० शेयर सदस्यले बचत गरेको चार करोड ६१ लाख रुपैयाँ फिर्ता गरेको छैन। शेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउन उजुरी दिएका हुन्। बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी सात महिनादेखि बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिवशिखरविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए।&lsqu