सामाजिक सुरक्षाभत्ताको ४६ लाख रकम बेरुजु खातामा फिर्ता

खोटाङ : साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्तावापत दुई चौमासिकमा रु ४६ लाख रकम बेरुजु खातामा फिर्ता भएको छ।सामाजिक सुरक्षा भत्तामा भइरहेका अनियमितता नियन्त्रण गर्न गाउँपालिकाले बैङ्किङ प्रणाली अपनाएर वितरण शुरु गरेपछि आर्थिक वर्ष २०७७/७८ को दोस्रो र तेस्रो चौमासिकमा रु ४६ लाख ७४ हजार ७६६ रकम बेरुजु खातामा फिर्ता गएको हो। आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिकमा एक हजार ४५९ जना लाभग्राहीका लागि रु एक करोड ३८ लाख ९८ हजार २८२ र तेस्रो चौमासिकमा एक हजार ४०८ लाभग्राहीका लागि रु करोड ३३ ला

सम्बन्धित सामग्री

उद्योग वाणिज्य संघ रुकुम पश्चिमको बेरुजु करीब २१ लाख

जेठ ६, रुकुम (पश्चिम) । उद्योग वाणिज्य संघ रुकुम (पश्चिम) को बेरुजु २० लाख ८५ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७३/७४ देखि विभिन्न व्यक्तिले संघबाट रकम लिएर फर्छ्यौट गरेका छैनन् ।   संघको १३ औं वार्षिक साधारण सभामा पेश गरिएको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७४/०७५ भित्र सबै बेरुजु असुल उपर गर्नुपर्ने उल्लेख थियो । तर त्यसको तीन वर्ष बित्दासमेत कार्य समितिका सदस्यले पेस्की लिएको ९ लाख ७५ हजार रुपैयाँ फिर्ता गरेका छैनन् । त्यस्तै, करदाता सेवा शुल्क बापतको १२ हजार र एक गाउँ, एक उत्पादन कार्यक्रमको ३ लाख २८ हजार रुपैयाँ पनि बेरुजु देखिएको छ । कृषि मन्त्रालयले उद्योग वाणिज्य महासंघ मार्फत एक गाउँ, एक उत्पादन कार्यक्रमका लागि बजेट पठाएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा ७ लाख ६८ हजार रुपैयाँ पनि संघमा बेरुजु देखिएको छ । संघको विवाद मिलाउन बनेको समितिका सदस्य डिलबहादुर केसीले उक्त प्रतिवेदन साधारण सभामा पेश गरेका थिए । संघले यसअघि तोकेको २०७५ असार २२ गतेको साधारणसभा विवादपछि स्थगित भएको थियो ।  आर्थिक अनियमितता भएको भन्दै व्यवसायीले साधारण सभा अघि बढ्न नदिएपछि विशेष समिति गठन गरिएको थियो । पहलबहादुर खड्का संयोजक रहेको समितिले साधारण सभा गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।