पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०÷८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको रु एक करोड ५६ लाख बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् ।

सम्बन्धित सामग्री

म्याग्दीमा पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

२६ असार, म्याग्दी । म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०/८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको एक करोड ५६ लाख रुपैयाँ …

पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण - Nepal Japan

म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८

सगरमाथादेखि तराईका फाँटको दृश्यावलोकन हुने मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीस्थित पर्यटकीयस्थल मैस्याङटार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । चारैतिर घना जंगलको बीचमा अग्लो डाँडामाथि हरिया चौर रहेको मैस्याङटार गाउँपालिका र प्रदेश सरकारको लगानीमा प्रवर्द्धन थालिएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ नयाँ वर्ष, दशैं, तिहार, साकेला उभौली तथा मङ्सिरपछि आन्तरिक पर्यटक पुग्नुका साथै स्थानीय बासिन्दा वनभोज (पिकनिक) जाने गरेका थिए । प्राकृतिकरूपमा सुन्दर भएकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस क्षेत्रमा उद्यान तथा पदमार्ग निर्माण गरिएको छ । प्रवर्द्धनको काम थालिएसँगै पछिल्लो समय यहाँ घुमफिर र भ्रमण गर्ने आन्तरिक पर्यटकको बाक्लो उपस्थिति देखिन थालेको वडाध्यक्ष मिलन राईले बताए । ‘यस क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारको नेतृत्वमा ध्रुव स्मृति उद्यान, मैस्याङटारको शिरमा पुग्ने पदमार्गलगायत संरचना बनिसकेका छन्,’ उनले भने । वडाध्यक्ष राईले सुम्नीमा-पारुहाङ उद्यान निर्माण भइरहेको उल्लेख गर्दै निर्माणाधीन अवस्थामा पनि आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको बताए ।  १ हजार १०० रोपनी क्षेत्रफलमा रहेको मैस्याङटार घुम्न आउनेका लागि विभिन्न ठाउँमा मनोरञ्जन गर्न तथा आराम गर्न मिल्ने फलैंचा बनाइएको छ । पालिका र प्रदेश सरकारको लगानीमा पर्यटन प्रवर्द्धनको काम शुरू भएसँगै घुमफिर तथा दृश्यावलोकनका लागि आउने बाह्य पर्यटकको संख्या बढ्न थालेको स्थानीयले बताएका छन् । आफन्त तथा इष्टमित्रलाई नयाँ ठाउँ घुमाउन परे पनि दिप्रुङ चुइचुम्माको मैस्याङटार रोजाइमा पर्ने गरेको छ । यहाँबाट तराईका विभिन्न फाँट तथा सप्तकोशीस्थित भीमनगरको पुलसमेत देख्न सकिन्छ । यहाँसम्म पुग्न कच्ची सडक बनिसकेको छ । सडकबाट उत्तिस र सल्लाको जंगल पार गर्दै करीब १० मिनेट पैदल हिँडेपछि मैस्याङटारको डाँडामा पुगिन्छ । पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको लगानीमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको पालिका अध्यक्ष प्रमुख लोकेन्द्र राईले जानकारी दिए । ‘प्रदेश सरकारले गत वर्ष रू. १५ लाख विनियोजन गरेको थियो भने यस वर्ष रू. १० लाख विनियोजन गरेको छ,’ उनले भने, ‘मैस्याङटारको चौतर्फी विकास गर्न स्थानीय अकिराज राईको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरेर काम थालिएको छ ।’ मैस्याङटारको चौतर्फी विकासका लागि रू. ४ करोड ८८ लाखको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको छ । डीपीआरअनुसार यहाँ किराँती राजा यलम्बर, बुद्ध, शिव, पार्वती र गणेशको मूर्ति स्थापनाका साथै अतिथि भवनलगायत संरचना निर्माण गरिनेछ । मैस्याङटारबाट उत्तरी क्षेत्रमा पर्ने सगरमाथादेखि दक्षिणमा तराईका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ । -रासस

पर्यटन प्रवर्द्धन गर्न बनाइयो पदमार्ग

बागलुङ : बागलुङको काठेखोला गाउँपालिकाले पर्यटकीय स्थल बसन्तापखोरलाई जोड्न पदमार्ग निर्माण गर्न थालेको छ। गाउँपालिकाले वडा नम्बर ४ चापोट जनजाति संग्रहालयदेखि बसन्तापखोरसम्म जोड्ने गरी पदमार्ग बनाउन शुरु गरेको हो। गाउँपालिकाले चालू आर्थिक वर्षबाट पर्यटन प्रवर्द्धनका लागि पदमार्ग निर्माण गर्न थालेको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले बताए। उपाध्यक्ष थापाले प्रचारप्रचार अभावमा ओझेलमा परेको बसन्तापखोरको प्रचार गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न पदमार्ग निर्माण थालिएको बताए। उनले धेरै स...

प्रसिद्ध पर्यटकीय स्थल च्छोरोल्पा जाने पदमार्ग निर्माण सम्पन्न

वैशाख १८, दोलखा । दोलखाको प्रसिद्ध पर्यटकीय स्थल च्छोरोल्पा हिमताल जाने टासिनाम–च्छोरोल्पा पदयात्रा मार्ग निर्माण सम्पन्न भएको छ । १६ लाख ५५ हजार २५० रुपैयाँको लागतमा पदमार्ग निर्माण सम्पन्न भएको हो । गौरिशंकर गाउँपालिका वडा नम्बर ९ मा निर्माण भएको सो पदमार्गकालागि डिभिजन वन कार्यालाय दोलखाले १५ लाख रुपैयाँ उपलब्ध गराएको डिभिजन वन कार्यालयका प्रमुख शिव सापकोटाले आर्थिक अभियानलाई बताए । उपभोक्ता समितिद्वारा निर्माण गरिएको सो काममा उपभोक्ताहरुले १ लाख ५५ हजार २५० रुपैयाँ बराबर श्रम गरेको प्रमुख सापकोटाको भनाइ छ । बाग्मती प्रदेश सरकारबाट डिभिजन वन कार्यालय दोलखामार्फत आएको गौरिशंकर पर्यटन प्रवर्द्धन शिर्षकको रकमबाट गौरिशंकर गाउँपालिकाको छनोटमा सो पदमार्र्गमा सिंढी निर्माण गरिएको हो । गौरिशंकर संरक्षण क्षेत्र आयोजना क्षेत्रभित्र पर्ने भएकोले पदयात्रा मार्गमा सिंढी निर्माण गर्न गौरिशंकर संरक्षण क्षेत्र आयोजनाबाट पनि सहमती लिई उपभोक्ता समिति मार्फत निर्माण गरिएको डिभिजन वन कार्यालय  दोलखाले बताएको छ ।  टासिनाम–च्छोरोल्पा पदयात्रा मार्गको काम सम्पन्न भई भुक्तानीको चरणमा रहेको डिभिजन प्रमुख सापकोटाको भनाइ छ ।  सिंढी निर्माण गरिएको पदयात्रामार्ग को लम्बाई करीब ५ किलोमिटर रहेको छ । पदयात्रा मार्गमा सिंढी  निर्माण पछि  च्छोरोल्पा हिमताल हेर्न जाने पर्यटकहरु तथा स्थानीयहरुलाई यात्रा गर्न सहज हुने  उपभोक्ता समितिका अध्यक्ष साङ्गे शेर्पाले बताए । यसैगरी डिभिजन वन कार्यालय दोलखामार्फत नै उपभोक्ता समितिबाट बैतेश्वर तथा जिरी नगरपालिकाको संगममा रहेको हनुमन्ते डाँडामा हनुमानको मुर्ति राख्ने, सिंढी तथा रेलिङ  निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको कार्यालयको भनाइ छ । सो कार्यकालागि पनि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय, दोलखा मार्फत १५ लाख रुपैयाँ उपलब्ध गराई उपभोक्ता सामिति मार्फत काम भइरहेको छ । हनुमन्ते डाँडामा हनुमानको मुर्ती राख्ने काम सम्पन्न भइसकेको, १०० मिटर सिँढी निर्माण गर्ने तथा ५० मिटर रेलिङ हाल्ने काम अन्तिम चरणमा पुगेको उपभोक्ता समितिका अध्यक्ष केशबहादुर तामाङले बताए ।