काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गर्छु भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनुभएको छ ।हिजो बेलुकी प्रचण्डले ओलीलाई टेलिफोन गरेर एमसीसीबारे निर्णय गर्न आग्रह गर्नुभएको थियो । जवाफमा ओलीले एमसीसी पारित गर्ने जिम्मेवारी सरकारको भएको बताउनुभएको हो । एमसीसीमा तपाईँले निर्णय नगरि भएन भन्दै हिजो बेलुका फोन गरेपछि ओलीले पहिले आफू नै यसबारे स्पष्ट हुन प्रचण्डलाई आग्रह गर्नुभएको थियो ।‘तपाईँहरुले पहिले ओलीलाई हटाएपछि एमसीसी पारि...