मुटुको शल्यक्रिया गर्न ‘अक्सिजेनेटर’ अत्यावश्यक मेसिन हो । मुटुको अपरेसन गर्दा फोक्सोको काम गर्ने उपकरण हो ‘अक्सिजेनेटर’ ।यसैको अभावमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र मुटुको शल्यक्रिया नै रोकियो पनि । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले तत्काल अक्सिजेनेटर उपलब्ध गराउन सरकारलाई निर्देशनसमेत दिएको थियो । तर अस्पतालमा अझै पनि अक्सिजेनेटर आपूर्ति भएको छैन ।