भैरव अर्याल (१९९३ असोज ५ बिहान—२०३३ असोज १९ राति) नेपाली साहित्यको निबन्ध विधाका चार मूल खाँबामध्ये एक । यो असोज महिना उनको जन्म र निधन महिना । ४० वर्ष मात्र बाँचेर नेपाली साहित्यको हास्यव्यंग्य विधामा सर्वाेच्च नाम बनाएका अर्यालको लेखनमा हास्य रस जति प्रचुर छ, जीवनमा करुण–शोक रस उत्तिकै । निबन्ध र कविता, पत्रकारित…