भैरव अर्याल नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका प्रमुख धरोहर थिए । ललितपुरको कुपण्डोलमा १९९३ असोज ५ गते जन्मिएका उनी साहित्यमा मात्र नभएर नेपाली पत्रकारितामा पनि उत्तिकै सिद्धहस्त थिए । नेपालीमा एमए र संस्कृतमा मध्यमासम्म अध्ययन गरेका अर्यालले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । गोरखापत्रको सम्पादन समूहमा रहेर काम गर्नुका साथै मधुपर्क साहित्यिक पत्रिकालाई स्तरीय बनाउन उनले निकै ठूलो योगदान गरेका थिए । भैरव अर्याल, रमेश विकल र म रोचक घिमिरे मिलेर रचना पत्रिकाको प्रकाशन पनि सुरु