मध्यराति एलओडीमा ओलीको आधा घण्टा : तातोपानी पिए, जुस छाडेर फर्किए (फोटो/भिडियो)

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठमेलको एलओडी नाइट क्लब गएका छन् । गएराति साढे १२ बजे ओली एलओडी नाइट क्लबमा पुगेर र्‍याप गीत सार्वजनिक गरेका छन् । उक्त क्लबमा ओलीले 'मंसिर चार, ओली सरकार' र ‘केपी बा’ बोलको र्‍याप गीत सार्वजनिक गरेका छन् । ओली एलओडीमा रहुन्जेल र्‍या...

सम्बन्धित सामग्री

अब जुम्लामा पनि २४ सै घण्टा फोन सेवा

जुम्लाको तातोपानी गाउँपालिका– ४ हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा बिजुली बत्ती जडान भएपछि २४ सै घण्टा फोन सम्पर्क गर्न सकिने भएको छ।...

मध्यराति एलओडीमा ओलीको आधा घण्टा : तातोपानी पिए, जुस छाडेर फर्किए (फोटो/भिडियो)

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठमेलको एलओडी नाइट क्लब गएका छन् । गएराति साढे १२ बजे ओली एलओडी नाइट क्लबमा पुगेर र्‍याप गीत सार्वजनिक गरेका छन् । उक्त क्लबमा ओलीले 'मंसिर चार, ओली सरकार' र ‘केपी बा’ बोलको र्‍याप गीत सार्वजनिक गरेका छन् । ओली एलओडीमा रहुन्जेल र्‍या...

१९ वर्षीय ठिटोको अपत्यारिलो दौड गाथा

जुम्ला । गत ३ असारमा पूर्वी रुकुममा सम्पन्न चौथो गुरिल्ला अल्ट्रा म्याराथनमा १९ वर्षे ठिटोको कुदाइले चकित बनायो । ६२ किलोमिटर दूरीको दौडमा बाजी मार्ने १९ वर्षीय कलिला ठिटो थिए, जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मी गाउँका दलबहादुर कुँवर । १ सय जना प्रतिस्पर्धीको भिडलाई पछि पार्दै ६२ किलोमिटरको दूरी ५ घण्टा ५३ मिनेट २ सेकेन्डमा पूरा […]

अक्सिजनकै अभावमा ज्यान जान्छ

जेठको पहिलो साता जुम्ला तातोपानी ८ ताम्ती गाउँकी अन्दाजी ६० वर्षीया सुशीला रावत श्वासप्रश्वासमा समस्या आएपछि एक्कासि थला परिन् । उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउनै झन्डै चार घण्टा लाग्यो ।

बेनी–तातोपानी सडक कालोपत्र

म्याग्दी । प्राकृतिक उपचारस्थलको रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र भएको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्र भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–तातोपानी खण्डको सडक कालोपत्र सकिएको जानकारी दिए । ‘पहिरोको समस्या र जग्गा विवाद भएकोबाहेकका ठाउँमा कालोपत्र सकिएको छ,’ उनले भने, ‘११ मिटर फराकिलो सडकमा सात मिटर चौडाइका दरले कालोपत्र गरिएको हो ।’ ९ किलोमिटर दूरीमा डीबीएसटी प्रविधिको कालोपत्र गरिएको उनले बताए । सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्र गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । कच्ची सडक हुँदा बेनीदेखि तातोपानी पुग्न एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमा पुग्न सकिने भएको यातायात व्यवसायीले बताएका छन् । ठेकेदार लामा–समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले गत चैतदेखि सुरु गरिएको कालोपत्रको काम करीब दुई महीनामा सकिएको बताए । ‘तातोपानीदेखि सिमसम्मको थप तीन किलोमिटर सडक विस्तार सकेर पर्खाल र नाली निर्माण अन्तिम चरणमा पुर्‍याएका छौं,’ उनले भने, ‘काम गरे पनि बजेट अभावमा पेश गरेको बिलको भुक्तानी पाउन सकेका छैनौं ।’ २०७४ असोज ४ गते ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा र निर्माण कम्पनीले उपकरण र मजदूर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । जिल्लाको ‘लाइफ लाइन’ मानिने बेनी–दरवाङ सडकको २०६३ मा मार्ग खुलेको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर सडक खण्ड कालोपत्र गर्न रू. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । पछिल्लो एक वर्षयता निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको यो सडकमा हिलो, धुलोको समस्याका साथै दुर्घटनाको जोखिम बढेको मङ्गला गाउँपालिका–२ बाबियाचौरका श्रीराम पौडेलले बताए । यो खण्डको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति छ । मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता गरेका निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेका छन् । रासस

प्रधानमन्त्री देउवासँग चिनियाँ परराष्ट्रमन्त्री वाङको भेटवार्ता

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका विदेश मन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज एक घण्टा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.नारायण खड्काले जानकारी दिनुभयो । भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उहाँले बताउनुभयो । चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका...

महानगरको आइसोलेसनलाई सहकारीले दियो एम्बुलेन्स

५१ वेड क्षमताको एसीसहितको अत्याधुनिक आइसोलेसनमा हरेक बेडमा अक्सिजन, अक्सीमिटर, डिजिटल थर्मोमिटर, बाफलिने मेसिन, तातोपानी, मापदण्डअनुसार खाजा, खाना र २४ सै घण्टा मेडिकल अफिसरको व्यवस्था गरिएको छ।...

तातोपानी पिउँदै तीन घण्टा छलफल, छुट्टिने बेलामा टर्रो स्वाद

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्ने प्रयासस्वरुप सोमबार अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भएको वार्ता ठोस निष्कर्षमा पुग्न सकेन । एमाले मुख्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले आ–आफ्ना अडान नछोडेपछि सहमति जुट्न नसकेको हो ।तीन महिनाभन्दा लामो अन्तरालमा ओली र माधव आमनेसामने भएका हुन् । झण्डै ...

तातोपानी कुण्डमा डुबुल्की मार्दा ग्याष्ट्रिकलगायतका रोगहरु निको हुने जनविश्वास

प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका– ४ स्थित सिंगामा तातोपानी कुण्डमा डुबेर उपचार गर्दै गरेका बिरामी । यहाँ एक हप्तामा दैनिक ४ घण्टा एकसम्म डुबेपछि ग्याष्ट्रिक, बाथ, चर्मरोग, सर्केमर्केका लगायतका रोगहरु निको हुने जनविश्वास रहेको छ । तस्वीर,रासस