काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका विदेश मन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज एक घण्टा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.नारायण खड्काले जानकारी दिनुभयो ।
भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उहाँले बताउनुभयो ।
चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका...