उपराष्ट्रपति पुनले भेटे चीनका उपप्रधानमन्त्री, तातोपानी नाका सञ्चालन गर्न जोड :: Pahilopost.com

छेन्दुः चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले शिष्टाचार भेट गरेका छन्। उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हुले सरकारी अतिथि गृहमा करिब एक घण्टा लामो शिष्टाचार भेट गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।  चीनका उपप्रधानमन्त्रीसँगको भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध सगरमाथा जत्तिकै उचो नङ

सम्बन्धित सामग्री

नेपाललाई पर्यटन गन्तव्यमा राख्न आग्रह

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच मंगलवार भेटवार्ता भएको छ । भेटमा अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने बताएका छन् । नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधार लगायत क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको अध्यक्ष ढकालले राजदूत छेनलाई अवगत गराए । पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य शहरबाट नेपालका सबै अन्तरराष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेको समेत उनले बताए । साथै उनले चिनियाँ पर्यटकको प्रमुख गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतापूर्वक समावेश गर्न आग्रह गरे । महासंघले साना उद्यमशीलता प्रवर्द्धनमा काम गरिरहेको भन्दै अध्यक्ष ढकालले उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि सहयोग गर्न राजदूत छेनलाई आग्रह गरे । लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए । भेटमा राजदूत छेनले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताए । उत्पादनमूलक उद्योग, कृषि, ऊर्जा लगायत क्षेत्रमा चिनियाँ लगानीकर्ता आकर्षित रहेको बताए । तर विदेशी लगानी भित्त्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहज लैजान सक्ने व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो । लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहेको पनि उनले बताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण उनले प्रस्तुत गरे । यसैगरी तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारे छलफल भइरहेको उनले बताए ।

संसद्‌मा सांसद सापकाेटाकाे माग : ताताेपानीमा अध्यागमन कार्यालय राखियाेस्

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसद माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गरेका छन्। उनले अध्यागमन कार्यालय नहुँदा एक अर्का देशका नागरिकले आवतजावत गर्न समस्या हुने भन्दै तत्काल कर्मचारी तथा आवश्यक अन्य स्रोतसाधनको प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।&n...

तातोपानी नाका नखुल्दा व्यापारीको बिचल्ली, दशैँको सामान अलपत्र

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन्।आइतबार मन्त्रालयमा हिमालपारि व्यापार संघका पदाधिकारी र व्यवसायीहरूले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री खड्काले नाका सहज रूपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षसँग कुरा गरिरहेको बताएका हुन्।उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिबद्धता जनाए। दशैँभन्दा अघि नै आपूर्

दशैँअघि नै तातोपानी नाका खोल्ने प्रयास भइरहेको छ : परराष्ट्र मन्त्री

काठमाण्डौ – परराष्ट्र मन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।  आइतवार मन्त्रालयमा नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पदाधिकारी र व्यवसायीले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । सहजरूपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षसँग पनि कुरा गरिरहेको उहाँले जानकारी दिनुभयो । चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने उहाँकाे भनाइ छ ।  ...

तातोपानी नाका खुलाउन चिनियाँ पक्षहरुसँग कुरा भइरहेको छ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन् । आइतवार मन्त्रालयमा हिमालपारी व्यापार संघका पदाधिकारी र व्यवसायीहरुले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।मन्त्री खड्काले नाका सहज रुपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षहरुसँग पनि कुरा गरिरहेको जानकारी दिए । उनले चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिवद्धता जनाए । उनले &n

तातोपानी नाका व्यवस्थित गर्न सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गर्नुभएको छ । शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरुपमा विस्तार गरी सहज ढङ्गले सञ्चालन गर्न जोड दिएका हुन् । तातोपानीको लिपिङमा रहेको मितेरी पुल नेपाल र चीनबीचको मित्रताको प्रतिक भएको बताउँदै सभामुख सापकोटाले दुई देशबीचको सम्बन्धलाई जनताको तहसम्म पु

तातोपानी नाकामा सरकारले लगानी गर्नुपर्छ : सभामुख सापकोटा

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाकामा नेपाल सरकारले लगानी गर्नुपर्ने बताएका छन् । सोमवार नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाको निरीक्षण गर्दै सापकोटाले उक्त नाकामा नेपाल सरकारले लगानी गर्नुपर्ने देखिएको बताए । ‘यो नाकाले वार्षिक अर्बाैंको राजस्व भिœयाउँदै आएको थियो,’ सापकोटाले भने, ‘जुरे पहिरो, भूकम्प र पटकपटकको प्राकृतिक विपद्का कारण अहिले यो क्षतविक्षत बन्न पुगेको छ । यस नाकालाई पूर्णरूपमा सञ्चालन गर्न नेपाल सरकारले लगानी गर्नुपर्ने देखियो ।’ सभामुख सापकोटाले वार्षिक अर्बाैंको राजस्व भिœयाउन पनि राज्यले नाकालाई सुदृढ बनाउन कञ्जुस्याइँ गर्न नहुने बताए । बाह्रबीसेदेखि कोदारीसम्मको विकासलाई बहुवर्षीय योजनाका रूपमा लैजानुपर्ने भन्दै उनले त्यसका लागि अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘दीर्घकालीन रूपमा धुलिखेलदेखि कोदारीसम्मको सडकलाई दुईलेनको बनाउन सकिन्छ,’ उनले भने, ‘अल्पकालीन रूपमा भने बाह्रबीसेदेखि कोदारीसम्म भत्किएका र बिग्रिएका संरचनाहरूलाई तत्काल निर्माण गर्नुपर्ने देखिन्छ ।’ सभामुख सापकोटाले त्यसका लागि बजेट छुट्याउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरे । सभामुख र मन्त्रीसहितको टोलीले मितेरी पुल, लिपिङ बजारको निरीक्षण गरेको छ । लिपिङ बजार सीमा पुलसँग जोडिएको बजार हो । भूकम्पपछि यहाँको अवस्था दयनीय छ । यो बजारमा मात्रै भूकम्पअघि दैनिक करोडौंको कारोबार हुन्थ्यो । ठूलाठूला होटेल, बैंकलगायत कारोबार हुने व्यापारिक पसलहरू यहाँ थिए । यसलाई पुनः सुचारू गरिनुपर्नेमा सभामुख सापकोटाले जोड दिए । सभामुखसँगै नाका निरीक्षणका लागि पुगेका अर्थमन्त्री जनार्दन शर्माले तातोपानी नाकालाई सहज बनाउन कूटनीतिक पहल भइरहेको बताए । ‘तातोपानी नाकालाई सुदृढ बनाउँदै व्यवसायलाई सहज बनाउन कूटनीतिक पहल भइरहेको छ,’ शर्माले भने, ‘पहिलेको तुलनामा नाकामा उल्लेख्य सुधार भइसकेको छ र अझ यो नाकालाई विस्तार गरेर जाने विषयमा चीन सरकारसँग सहमतिसमेत भइसकेको छ ।’ अर्थमन्त्री शर्माले अबको केही महीनाभित्रबाट नाका नियमित पूर्णरूपमा सञ्चालन हुने दाबी गरेका छन् । ‘भौतिक पूर्वाधार निर्माण, बाहबीसे–कोदारी सडक र भूक्षय रोकथामका लागि चीन सरकारसँग विस्तृत जानकारी दिइसकेका छौं,’ उनले भने, ‘नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन चीन सरकार सहमत देखिएको छ ।’ तातोपानी भन्सार र मितेरी पुलसम्मको अवलोकन भ्रमण गरी त्यहाँको वर्तमान अवस्थाबारे सभामुख सापकोटा र अर्थमन्त्री शर्माले जानकारी लिएका हुन् । उनीहरूले अरनिको राजमार्गको सडक अवस्थाको निरीक्षण गरेका थिए । बाह्रबीसेदेखि नेपाल चीन सीमासम्मको २६ किलोमीटर सडकमा गर्नुपर्ने मर्मत तथा नयाँ निर्माणका लागि समेत निरीक्षण गरिएको थियोे । भूकम्पपछि अस्थिर रहेको तातोपानी नाका प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय व्यवसायी, तातोपानी भन्सारलगायतसँग छलफलसमेत भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बताए । ‘नाका र अरनिको राजमार्ग सुधारका लागि चीनसँग आवश्यक थप समन्वय गर्नेबारे छलफल केन्द्रित थियो,’ न्यौपानेले भने । कोभिड–१९ महामारी र सीमाक्षेत्रमा गरिएको कडाइका कारण तातोपानी नाकाबाट हुने आयातनिर्यात पूर्ववत् अवस्थामा फर्कन सकेको छैन ।

तातोपानी नाका सकेसम्म छिटो खोल्न महराको जोड

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

तातोपानी नाका खुलाउन नेपालको जोड

चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली ख छ्याङसँग भेटवार्ता गरेका छन् । बिहीबार अपरान्ह बेइजिङस्थित प्रधानमन्त्री कार्यालय चोङ नान हाईमा भएको भेटमा दुईपक्षीय कुराकानी भएको महराले कान्तिपुरलाई बताए ।