कञ्चनपुर : शनिवारका दिन साँझको पाँच बज्दै थियो। दिउँसोको ड्युटी सकेका देखतभूली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी घर जाने सुरसारमा थिए। एकाएक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको मोवाईलमा घण्टी बज्यो।मोवाईलमा फोन गर्ने महिलाले हतारिँदै एक जना महिला सुत्केरी हुन नसकेर खेतमै छट्पटाई रहेको र छिटो आउनका लागि आग्रह गरिन्। फोन गर्ने महिलाले नै बच्चाको हात बाहिर आएको कुराको जानकारी स्वास्थ्यकर्मीलाई गराइन्।‘त्यो सुनेपछि सुत्केरी हुन नसकेकी महिला र शिशुको ज्यान जोगाउने कुरा मात्रै मनमा खेल्न थाल्यो