वीरगंज : शिक्षा मन्त्रालय, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्रिय सर्तकता केन्द्रको संयुक्त टोलीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज छापा मारेको छ। टोलीले आज दिउँसो कलेजको कागजात नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो।
तीन वटा निकायको ५ सदस्यीय प्रतिनिधि टोलीले अस्पतालको कागजातमा छानबिन शुरु गरेको बताइएको छ।