प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक उन्मुक्ति पार्टी र नयाँ दल जसपाबाट मन्त्री थप्ने तयारी थालेका छन् । सत्ता गठबन्धन भत्काउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री दाहाल र सत्तारूढ एमाले अध्यक्ष केपी शर्मा ओली संविधानले दिएको २५ सदस्यीय सीमाभित्र रहेर मन्त्रिपरिषद् विस्तार गरी गठबन्धन बलियो बनाउने निष्कर्षमा पुगेका हुन् । हाल प्रधानमन्त्री, मन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् छ ।