विवेकशील साझा पार्टीले नेपालमा स्थिर शासनका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको परिकल्पना सहित आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। अहिलेको संसदीय प्रणालीले विकृत राजनीति निम्त्याएको भन्दै उसले यस्तो अवधारणा अघि सारेको हो। 'वेस्टमिन्स्टर मोडेलको संसदीय प्रणालीले अस्थिर सरकार, अप्राकृतिक सत्ता समीकरण लगायतका विकृति निम्त्याएको सन्दर्भमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको शासकीय स्वरुप उपयुक्त हुने पार्टीको ठहर…