भारतीय सेनाले आफ्नो एउटा चित्ता हेलिकप्टर अरुणाचल प्रदेशको तवाङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाएको छ । पीआरओ डिफेन्स तेजपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै घटना बिहान १० बजे भएको र हेलिकप्टर नियमित निरीक्षणमा रहेको बताएको छ ।दुर्घटनापछि दुवै पाइलटलाई सेनाको अस्पताल लगिएको थियो तर एकजना पाइलटको मृत्यु भएको थियो । दोस्रो पाइलटको उपचार भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको सेनाले जनाएको छ ।