काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूलाई फौजदारी अभियोग लगाएर थुन्ने षड्यन्त्र गरेको टिप्पणी गरेको छन्। केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘दुई वर्षमा जनताले देखिनेगरी काम गरेको थियौँ। एमालेको सूर्य सिध्याउँछु भनेर हिँड्नेहरूको थुतुनो पोलेर हिँडेका छन्। प्रधानमन्त्रीविरुद्ध १९ पन्ने अभियोग पत्र षड्यन्त्र गरेर अगाडि बढाइयो। मैले सानो चित्त नहेरी अल्पमतमा बसेर काम गर्न तयार भएँ। कुनै बाध्यता