काठमाण्डाै – चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये आठ लाख डोज खोप मङ्गलवार दिउँसाे काठमाण्डौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले पाैने २ बजे चीनको राजधानी बेइजिङबाट खोप ल्याएको हो ।
आजै बेलुकी ६ बजेपछि हिमालयन एयरलाइन्सको जहाजले कुन्मिङबाट थप एक लाख डोज खोप ल्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अनुदानमा खोप दिने घोषणा गर्नुभएको थियो ।
चीनले यसअघि पनि आठ लाख डोज खोप अनुदानमै दिएको थियो । खो...