भन्सार एजेन्टको परिक्षा स्थगित

काठमाडौँ – कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परिक्षा स्थगित भएको छ । २९ माघमा तय गरिएको पुर्व निर्धारित परिक्षा सञ्चालन गर्न नसकिने भन्दै भन्सार बिभागले स्थगित गरेको हो । स्थगित परिक्षा परिस्थीति सहज हुने बितिक्कै पुनः सञ्चालन गरिने बताइएको छ। यसअघि लोकसेवालगायत विभिन्न विश्वविद्यालयहरुलेसमेत परिक्षा स्थगित गरिसकेका छन् ।

सम्बन्धित सामग्री

शनिवार हुने तय भएको भन्सार एजेन्टको लिखित परीक्षा रोक्न अदालतको आदेश

उच्च अदालत पाटनले फागुन २८ गतेको लागि तय भएको भन्सार एजेन्टको लिखित परीक्षा रोक्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले शनिबार हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हाे ।क्रिष्टिना थैवले भन्सार विभागले प्रकाशित गरेको सूचना समावेशी नभएकाले परीक्षा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेकी थिइन् । सो को सुनुवाई गर्दै अदालतले  ‘भन्सार एजेन्टको दरखास्त आह्वान गर्दा नेपालको संविधानको धारा ४२ बमोजिम समानुपातिक समावेशी सिद्धान्तको आधारमा सूचना निकाल्नु पर्नेमा सो बमोजिम प्रकाशित भएको नेदेखिदा भन्सार एजेण्टको परीक्षा दुवै पक्ष बीच छलफल नभए सम्मलाई स्थगित गर्नु’ भन्ने आदेश दिएको हो । अदालतले चैत्र ६ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।भन्सार विभागले भन्सार एजेण्टको परिक्षा  फागुन २८ गते दिउँसो २ बजे हुने गरि तय गरेको थियो ।  विभागले ४५ वटा परीक्षा केन्द्र तोकेको थियो । विभागले हरेक परिक्षा केन्द्रमा २०० विद्यार्थी रहने तय गरेको थियो । एउटा केन्द्रमा भने २२३ विद्यार्थी रहने तय भएको थियो । दोहोरो आवेदन दिएका १८ जना आवेदकको आवेदन विभागले रद्द गरेको थियो । यस हिसाबमा कुल ९ हजार २३ जना परीक्षार्थी कायम भएका थिए। विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो ।

भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकियो, १८ जनाको आवेदन रद्द

भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकिएको छ । भन्सार विभागले आज सूचना जारी गर्दै ४५ वटा परीक्षा केन्द्र तोकेको हो । परीक्षा फागुन २८ गते दिउँसो २ बजे हुने छ । हरेक परिक्षा केन्द्रमा २०० विद्यार्थी रहने छन्  । एउटा केन्द्रमा भने २२३ विद्यार्थी रहने छन्  । दोहोरो आवेदन दिएका १८ जना आवेदकको आवेदन विभागले रद्द गरेको छ। यस हिसाबमा कुल ९ हजार २३ जना परीक्षार्थी कायम भएका छन् । विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो ।  नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) बमोजिम लिखित परीक्षा सञ्चालन गर्ने विभागले जनाएको छ । विभागका अनुसार विभागको वेबसाइट www.customs.gov.np मा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली (Online Agent Application लिङ्क मार्फत आबेदकले आफ्नो User Login गरी Download Admit Card Button मा Click गरी त्यसमा देखिने Options मा Tick लगाई Download Option मा Click गरी प्रवेश पत्र Print गर्न सकिने छ ।  उम्मेदवारले कालो मसी मात्र भएको डटपेन/कलमले उत्तरपुस्तिकाको निर्धारित कोठामा A,B,C,D मध्ये एउटामा मात्र सही उत्तर जनिने गरी निर्धारित कोठामा धब्बा Bubble लगाउनुपर्नेछ । पेन्सिलले लेखेकोलाई मान्यता दिइनेछैन । प्रत्येक गलत उत्तरको लागि २०% अंक कट्टा गरिनेछ। प्रवेश पत्र बिना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेश-पत्र अनिवार्य रुपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ। परीक्षा भवनमा मोबाइल फोन तथा अन्य विद्युतिय उपकरणहरु लैजान निषेध गरिएको छ। परीक्षा संचालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि विभागको पूर्व सूचना बिना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुनेछैन । परीक्षार्थीले परीक्षा केन्द्रमा आउँदा आफ्नो प्रवेश-पत्र सहित सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र साथमा लिई आउनुपर्नेछ । परीक्षार्थी परीक्षा केन्द्रमा आउँदा कोभिड-१९ को संक्रमणलाई मध्यनजर गरी आफ्नो प्रयोजनको लागि फेस सिल्ड मास्क लगाईसाथमा स्यानिटाईजर समेत लिई आउनुपर्नेछ । आफ्नो लागि पिउने पानीको प्रबन्ध आफै गर्नुपर्नेछ । कोभिड-१९ संक्रमण पुष्टि भएका वा लक्षण भएका उम्मेदवारले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा विभागमा कार्यरत कम्प्युटर ईन्जिनियर श्री विष्णु चौधरी (मोबाईल नम्बर ९८६१८२९५६६ मा अग्रिम जानकारी गराउनुपर्ने विभागले जनाएको छ ।

स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षाको नयाँ मिति तय

स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते हुने भएको छ । भन्सार विभागले सूचना जारि गर्दै फागुन २८ गते दिउँसो २ बजे परिक्षा संचालन गर्ने जनाएको हो ।यसअघि कोरोना महामारीका कारण परीक्षा स्थगित भएको थियो। भन्सार विभागले माघ २९ का लागि निर्धारण गरेकोमा लिखित परीक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरिएको थियो । विभागले अब  नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) बमोजिम लिखित परीक्षा सञ्चालन गर्ने जनाएको छ ।यसअघि २०७७ चैत १६ गते सूचना जारी गरी पिभागले २०७८ जेठ २२ गतेका लागि परीक्षा तोकेको थियो । तर, अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले रिट खारेज गरिसकेपछि विभागले लामो समय लगाएर परीक्षाको तयारी गरेको थियो । त्यसपछि पुनः कोरोनाको महामारीका कारण परीक्षा रोकिएको थियो। विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो । नयाँ लाइसेन्सका लिन ९ हजार परीक्षार्थीले फाराम भरेका छन् ।