स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते हुने भएको छ । भन्सार विभागले सूचना जारि गर्दै फागुन २८ गते दिउँसो २ बजे परिक्षा संचालन गर्ने जनाएको हो ।यसअघि कोरोना महामारीका कारण परीक्षा स्थगित भएको थियो। भन्सार विभागले माघ २९ का लागि निर्धारण गरेकोमा लिखित परीक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरिएको थियो । विभागले अब नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) बमोजिम लिखित परीक्षा सञ्चालन गर्ने जनाएको छ ।यसअघि २०७७ चैत १६ गते सूचना जारी गरी पिभागले २०७८ जेठ २२ गतेका लागि परीक्षा तोकेको थियो । तर, अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले रिट खारेज गरिसकेपछि विभागले लामो समय लगाएर परीक्षाको तयारी गरेको थियो । त्यसपछि पुनः कोरोनाको महामारीका कारण परीक्षा रोकिएको थियो। विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो । नयाँ लाइसेन्सका लिन ९ हजार परीक्षार्थीले फाराम भरेका छन् ।