भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकियो, १८ जनाको आवेदन रद्द

भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकिएको छ । भन्सार विभागले आज सूचना जारी गर्दै ४५ वटा परीक्षा केन्द्र तोकेको हो । परीक्षा फागुन २८ गते दिउँसो २ बजे हुने छ । हरेक परिक्षा केन्द्रमा २०० विद्यार्थी रहने छन्  । एउटा केन्द्रमा भने २२३ विद्यार्थी रहने छन्  । दोहोरो आवेदन दिएका १८ जना आवेदकको आवेदन विभागले रद्द गरेको छ। यस हिसाबमा कुल ९ हजार २३ जना परीक्षार्थी कायम भएका छन् । विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो ।  नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) बमोजिम लिखित परीक्षा सञ्चालन गर्ने विभागले जनाएको छ । विभागका अनुसार विभागको वेबसाइट www.customs.gov.np मा रहेको भन्सार एजेन्टको अनलाइन दरखास्त प्रणाली (Online Agent Application लिङ्क मार्फत आबेदकले आफ्नो User Login गरी Download Admit Card Button मा Click गरी त्यसमा देखिने Options मा Tick लगाई Download Option मा Click गरी प्रवेश पत्र Print गर्न सकिने छ ।  उम्मेदवारले कालो मसी मात्र भएको डटपेन/कलमले उत्तरपुस्तिकाको निर्धारित कोठामा A,B,C,D मध्ये एउटामा मात्र सही उत्तर जनिने गरी निर्धारित कोठामा धब्बा Bubble लगाउनुपर्नेछ । पेन्सिलले लेखेकोलाई मान्यता दिइनेछैन । प्रत्येक गलत उत्तरको लागि २०% अंक कट्टा गरिनेछ। प्रवेश पत्र बिना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराइने हुँदा प्रवेश-पत्र अनिवार्य रुपमा साथमा लिई परीक्षा संचालन हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नुपर्नेछ। परीक्षा भवनमा मोबाइल फोन तथा अन्य विद्युतिय उपकरणहरु लैजान निषेध गरिएको छ। परीक्षा संचालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि विभागको पूर्व सूचना बिना निर्धारित परीक्षा कार्यक्रम स्थगित हुनेछैन । परीक्षार्थीले परीक्षा केन्द्रमा आउँदा आफ्नो प्रवेश-पत्र सहित सक्कलै नेपाली नागरिकताको प्रमाणपत्र साथमा लिई आउनुपर्नेछ । परीक्षार्थी परीक्षा केन्द्रमा आउँदा कोभिड-१९ को संक्रमणलाई मध्यनजर गरी आफ्नो प्रयोजनको लागि फेस सिल्ड मास्क लगाईसाथमा स्यानिटाईजर समेत लिई आउनुपर्नेछ । आफ्नो लागि पिउने पानीको प्रबन्ध आफै गर्नुपर्नेछ । कोभिड-१९ संक्रमण पुष्टि भएका वा लक्षण भएका उम्मेदवारले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा विभागमा कार्यरत कम्प्युटर ईन्जिनियर श्री विष्णु चौधरी (मोबाईल नम्बर ९८६१८२९५६६ मा अग्रिम जानकारी गराउनुपर्ने विभागले जनाएको छ । 

सम्बन्धित सामग्री

निमावि शिक्षक लाइसेन्सको परीक्षा केन्द्र हेरफेर

काठमाडौं : शिक्षक सेवा आयोगले यही कात्तिक १८ गने बाट हुने भनिएको बागमती प्रदेश काठमाडौं जिल्लाको निमावि शिक्षक लाइसेन्स परीक्षा केन्द्र परिवर्तन गरेको छ।आयोगले १८ कात्तिक दिउँसो १ बजे सञ्चालन गर्न लागेको निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको बागमती प्रदेश काठमाडौं जिल्लाका तोकिएको परीक्षा केन्द्र र लोकसेवा आयोगबाट सञ्चालन हुने परीक्षा केन्द्रसँग जुध्न गएको भन्दै परीक्षा केन्द्र परिवर्तन गरिएको सूचना प्रकाशित गरेको छ।आयोगले परीक्षा केन्द्र समन्वय समिति काठमाडौंको सिफारिस र आयोगको आयोगको आ

आयोगद्वारा मावि तहको शिक्षक लाइसेन्सको परीक्षा केन्द्र निर्धारण

काठमाडौँ। शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र निर्धारण गरेको छ । आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको लागि उम्मेदवारको रोल नम्बरसहित परीक्षा केन्द्र सार्वजनिक गरेको छ । बिहान ८ बजेदेखि सञ्चालन हुने लिखित परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरेको हो ।

मावि तह शिक्षक लाइसेन्सको परीक्षा केन्द्र निर्धारण

३ असार, काठमाडौं। शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र निर्धारण गरेको छ । आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको लागि उम्मेद्वारको रोल नम्बरसहित परीक्षा केन्द्र सार्वजनिक गरेको छ । विहान ८ बजेदेखि सञ्चालन हुने लिखित परीक्षाको प्रदेशगत परीक्षा केन्द्र निर्धारण गरेको हो ।

कक्षा १२ को परीक्षा केन्द्र तोकियो

२६ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ । बोर्डले सूचना जारी गर्दै परीक्षार्थीलाई बोर्डको वेबसाइटमा परीक्षा केन्द्रबारे विस्तृतमा हेर्न सूचित गरेको छ […]

प्रावि तहका शिक्षककाे परीक्षा केन्द्र ताेकियाे

काठमाडाैं : शिक्षक सेवा आयाेगले प्राथमिक तहकाे खुला (सामान्य) प्रतियाेगितात्मक लिखित परीक्षा केन्द्र सञ्चालन हुने जिल्ला निर्धारण गरेकाे छ।आयाेगले आगामी चैत १९ गते सञ्चालन हुने प्रथम पत्रकाे लिखित परीक्षा केन्द्र सञ्चालन हुने जिल्ला आइतबार निर्धारण गरेकाे हाे। आयाेगले सात वटै प्रदेशका विभिन्न २० जिल्लामा परीक्षा केन्द्र ताेकेकाे छ।

तोकियो भन्सार एजेन्टको परीक्षा केन्द्र

काठमाडौँ । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकेको छ । यही फागुन २८ गते हुने परीक्षाका लागि काठमाडौँका ४५ स्थानमा परीक्षा केन्द्र तोकिएको छ । २०७७ साल चैत १७ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको […]

कोभिड–१९ सङ्क्रमित परीक्षार्थीका लागि विशेष परीक्षा केन्द्र तोकियो

काठमाडौँ । लोक सेवा आयोग काठमाडौँ कार्यालयले कोभिड –१९ सङ्क्रमित परीक्षार्थीका लागि विशेष परीक्षा केन्द्र तोकेको छ । यही श्रावण २३ र ३० गते हुने शाखा अधिकृत र नायब सुब्बाको प्रथम चरणको परीक्षामा सहभागी हुने परीक्षार्थीहरुमध्ये कोभिड –१९ सङ्क्रमण पुष्टि भएका परीक्षार्थीहरूका लागि विशेष परीक्षा केन्द्र कायम गरिएको हो । परीक्षा पूर्वनिर्धारित मिति मै सञ्चालन […]

इलाम, धनकुटा, काठमाडौँ र हेटौँडाको नासुको परीक्षा केन्द्र तोकियो

काठमाडौँ । लोक सेवा आयोगले खोटाङ, इलाम, काठमाडौँ र हेटौँडाको नायब सुब्बाको पहिलो चरणको परीक्षा केन्द्र तोकेको छ । आयोगले धनकुटा कार्यालयको विज्ञापनमा इलाम र खोटाङ परीक्षा केन्द्र राखी परीक्षा दिने परीक्षार्थीहरूको केन्द्र तोकेको हो । त्यसैगरी आयोगको काठमाडौँ कार्यालयबाट भएको विज्ञापनमा हेटौँडा र काठमाडौँ परीक्षा केन्द्र राखी परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा केन्द्र निर्धारण […]