साउदी अरबलाई पछि छाड्दै रुस बन्यो भारतको दोस्रो ठूलो तेल आपूर्तिकर्ता

विश्वका धेरै मुलुकको प्रतिबन्धका बाबजुत रुस भारतको दोस्रो ठूलो पेट्रोलियम आपूर्तिकर्ता बनेको छ । युक्रेनमाथि सैन्य हमला सुरू गरेपछि युरोपियन मुलुकहरूले रुसमाथि प्रतिबन्ध लगाउँदै तेल खरिद घटाइरहेका छन् । तर, यही समयमा रुसले भारतीय तेल बजारमा दोस्रो स्थान हासिल गरेको हो ।यसअघि, साउदी अरब भारतको दोस्रो ठूलो तेल आपूर्तिकर्ता राष्ट्र थियो । भारतमा तेल निर्यात गर्ने पहिलो मुलुकको सूचीमा इरान कायमै छ । तर, यही गतिमा भारतले रुसको तेल खरिद गर्दै गएमा इरान समेत पछि छुट्ने अड्कलबाजी गर्न थालिएको छ ।समाचार