काठमाण्डाै – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको अर्थतन्त्रमा तत्काल श्रीलङ्काको जस्तो परिस्थिति नरहेको बताउनुभएकाे छ ।
आज शुक्रवार काठमाण्डाैमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले यस्ताे बताउनुभयाे । श्रीलङ्काको जस्तो राजनीतिक अधिकार सीमित व्यक्तिलाई दियो भने कुनै समय हुन सक्ने सम्भावना भने कायम रहेको उहाँले बताउनुभयाे । श्रीलङ्कामा एउटै परिवारबाट राष्ट्रपति, प्रधानमन्त्री र अर्थ मन्त्री बनेर जथाभाबी करका दरहरू चलाएकाले अहिलेको स्थिति...