प्रधानमन्त्री केपी शर्मा ओली बिरामी हुँदा मुलुकको शासन व्यवस्था बिरामी हुनु हुँदैन । तर, सरकारको मुख्य आर्थिक सल्लाहकार निकाय तथा देशको मौद्रिक नीति निर्माता स्वायत्त र कार्यकारी संस्था नेपाल राष्ट्र बैंकलाई पनि जबर्जस्ती बिरामी बनाइएको छ । केन्द्रीय बैंक सरकारको अकर्मण्यताकै कारण नेतृत्वविहीन बनेको छ र यस्ता निकायलाई समयमै नयाँ नेतृत्व दिन नसक्नु सरकारको अकर्मण्यतामात्र नभई असक्षमतासमेत हो । त्यसमा पनि पूर्वगभर्नर नै अर्थमन्त्री भएको देशमा राष्ट्र बैंक गभर्नरविहीन बन्नु अनैतिकताको ज्वलन्त नमुना हो ।