काठमाडौं : गठबन्धन सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सरकारी गाडी र सुरक्षाका लागि खटिएका निजी सुरक्षा अधिकृत (पीएसओ) फिर्ता बोलाएको छ।आज गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो।स्कर्टिङमा खटिने प्रहरी टोलीलाई पनि प्रहरी प्रधान कार्यालय नक्साल बोलाइएको छ। सरकारले जबराको औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार पनि फिर्ता ल्याएको हो।