काठमाण्डाै – दोस्रो जनआन्दोलनपछि सञ्चारका माध्यममा व्यापक वृद्धि भएको छ । केही वर्षअघिसम्म मुख्य धार नमानिने अनलाइन सञ्चारमाध्यमले अहिले आफ्नै परिचय बनाउँदै लगेका छन् । समग्रमा अहिले नेपालको मिडियामा लोभ लाग्ने परिवर्तन देखिइरहेका छन् ।
नेपालको मिडिया क्षेत्रमा देखिइरहेका यिनै परिवर्तनलाई पहिचान गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ड्रिम हाई नेपालले 'मिडिया अवार्ड' गर्ने निर्णय गरेको छ । 'नेपाल मिडिया अवार्ड २०७८' नाममा निकट भविष्यमै हुन गइरहेको यो अवार्डले मिडियाका विविध स्वरूप र विधा...