काठमाडौं : शनिबारबाट सुरु भएको नेपाल टी-२० लिगमा काठमाडौंले विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा काठमाडौं किंग्सले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्यो।१९ ओभरमा घटाइएको खेलमा काठमाडौंले पहिलो ब्याटिङ गर्दै ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। जवाफमा पोखरा ७ विकेट गुमाएर १ सय ३६ रनमा समेटिएको थियो।पोखराका लागि उपुल थरङ्गाले ४४ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। उनीबाहेक अभिमन्यु मिथुनले १८ रन बनाएका थिए।त्यस्तै, आरिफ शेखले २० रन बनाउँदा अमिर हम्जाको १८ रन बनाए पनि टिमको हार