पाँच प्रतिशतले बढ्यो काठमाडौंका श्रमिकको ज्याला, कसको कति? (सूचीसहित)

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले श्रमिकहरूको ज्यालादर तोकेको छ। काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीको अध्यक्षतामा असार २९ गते बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले मजदुरहरूको ज्याला पाँच प्रतिशत  वृद्धि गर्ने  निर्णय स्वीकृत गरेको हो।निर्माण क्षेत्रमा काम गर्ने मजदुर ज्यामीहरूले दैनिक ७५० पाउँदै आएकोमा अब साउनदेखि दैनिक ७९० पाउनुपर्ने तोकिएको छ। प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार काठमाडौंमा श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने अवधि ८ घण्टा ला

सम्बन्धित सामग्री

चिनियाँ सामानको भाउ नबढ्ने

चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका गरिएको थियो तर अर्थशास्त्रीहरूले त्यसो नहुने बताएका छन् । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘नेपालमा आउने सामानहरु पहिलो श्रेणीका नहुने भएकाले श्रमिकको ज्यालावृद्धिले नेपाली बजारमा कुनै असर पर्दैन ।’ नेपाल–चीन व्यापारसम्बन्धी एक विज्ञका अनुसार चलन गइसकेका, कमसल, पाना र सेलमा राखिएका सामान नेपाल आउँछन् । जुन अरू सामानको तुलनामा सस्ता हुन्छन् । यस्ता सामानमा श्रमिकको ज्यालाले कुनै असर नपर्ने उनको तर्क छ । तलब बढाउनुपर्ने माग गर्दै हडतालमा उत्रिएका फक्सकम कम्पनीका ११ जनाले आत्महत्या गरेपछि उसले ७० प्रतिशत तलब वृद्धि गरेको छ । त्यस्तै होन्डाले हडताल रोक्न र कामदारलाई काममा फर्काउन २४ प्रतिशत तलब बढाउनु परेको थियो । ताइवानको ह्यान्डसेट कम्पोनेन्ट मेकर मेरी इलेक्ट्रिक कम्पनीले ७ हजार कामदारहरूको सुरुको ज्यालामा १७ प्रतिशतले वृद्धि गरेको छ ।   वर्ष ५, अंक ४२, २०६७, असार ७–१३

चिनियाँ सामानको भाउ नबढ्ने

चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका गरिएको थियो तर अर्थशास्त्रीहरूले त्यसो नहुने बताएका छन् । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘नेपालमा आउने सामानहरू पहिलो श्रेणीका नहुने भएकाले श्रमिकको ज्यालावृद्धिले नेपाली बजारमा कुनै असर पर्दैन ।’ नेपाल–चीन व्यापारसम्बन्धी एक विज्ञका अनुसार चलन गइसकेका, कमसल, पाना र सेलमा राखिएका सामान नेपाल आउँछन् । जुन अरू सामानको तुलनामा सस्ता हुन्छन् । यस्ता सामानमा श्रमिकको ज्यालाले कुनै असर नपर्ने उनको तर्क छ । तलब बढाउनुपर्ने माग गर्दै हडतालमा उत्रिएका फक्सकम कम्पनीका ११ जनाले आत्महत्या गरेपछि उसले ७० प्रतिशत तलब वृद्धि गरेको छ । त्यसतै होन्डाले हडताल रोक्न र कामदारालई काममा फर्काउन २४ प्रतिशत तलब बढाउनु परेको थियो । ताइवानको ह्यान्डसेट कम्पोनेन्ट मेकर मेरी इलेक्ट्रिक कम्पनीले ७ हजार कामदारहरूको सुरूको ज्यालामा १७ प्रतिशतले वृद्धि गरेको छ । यसले अरू कम्पनीहरूलाई पनि ज्याला बढाउन दबाव हुने विश्लेषण गरिएको छ । त्यसबाट नेपालमा भित्रिने लत्ताकपडा र विद्युतीय उपकरणका सामानको मूल्य पनि वृद्धि हुन्छ भन्ने आशंका व्यवसायी र उपभोक्तामा छ । नेपालमा चीनबाट दैनिक ५० कन्टेनर सामान भित्रिने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष दुर्गालाल श्रेष्ठ बताउँछन् । वर्ष ५, अंक ४२, २०६७, असार ७–१३

५ % बढाएर मजदूरको ज्याला निर्धारण

साउन १२, काठमाडौं । यहाँका श्रमिकको ज्यालादरमा पाँच प्रतिशतले वृद्धि भएको छ ।            जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरोकार निकायको समन्वयमा आव २०७८/ ७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो । आव २०७७/ ७८ मा श्रमिकले प्रतिदिन ७५० रुपैयाँ ज्याला पाउँदै आएकामा अब भने ७९० रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै फोहर/ ढल सफा गर्ने कामदारको हकमा १ हजार ७० रुपैयाँबाट १ हजार १२५ रुपैयाँ ज्याला कायम गरिएको छ ।            श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टालाई आधार मानेर आव २०७७/ ७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकाङ्कको मान तथा प्रचलित बजार दरलाई आधार मानेर पाँच प्रतिशत वृद्धि गरी आगामी आर्थिक वर्षका लागि श्रमिकको ज्याला दर निधारण गरिएको बताइएको छ ।            काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक खरीद नियमावली २०६४ को नियम १४८ अनुसार निर्माण सामग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकको ज्याला निर्धारण गरिएको जानकारी दिए  । उनका अनुसार विभिन्न ५४ ओटा क्षेत्र तोकेर भाडा तथा ज्याला एवं निर्माण सामग्रीको दर निर्धारण गरिएको हो । नतोकिएको क्षेत्रको दर भने सम्बन्धित विभागको न्यूनतम आधारअनुसार र उक्त आधार नभएको अवस्थामा उत्पादक र आधिकारिक विक्रेताबाट दरभाउ प्राप्त गरी कार्यान्वयन गराइने उल्लेख छ ।            प्रजिअ पराजुलीसहित जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रक समन्वय कार्यालय, नेपाल निर्माण व्यवसायी महासङ्घ, उद्योग वाणिज्य महासङ्घ र पूर्वाधार विकास कार्यालयका प्रतिनिधि सहभागी बैठकले सो ज्यालादर निर्धारण गरेको हो । यही साउन १ गतेदेखि नै उक्त दर लागू गरिएको छ । हालको गाउँपालिका र नगरपालिकाको केन्द्र तथा बजारबाट स्थलगत दूरीको आधारमा हुन आउने ढुवानी खर्च भने सम्बन्धित निकायले ढुवानी भाडा थप गर्नसक्ने छ ।            पुरातात्विक महत्वका निर्माण कार्यमा विशेष प्रकारको दक्षता र सीप भएका श्रमिकको प्रयोग हुने भएकाले उनीहरुको दैनिक ज्याला दर विभागबाट स्वीकृत गरिए अनुसार कायम गरिएको छ । मेसिन औजार तथा उपकरणको भाडादर सम्बन्धित मेसिन प्रयोग गरी सडक निर्माण गर्दा वा अन्य कार्य गर्नुपर्दा डोजर, एक्साभेटर, रोलर, ग्रेडरआदिको दर सडक विभागबाट कायम गरिएअनुसार हुनेछ ।            निर्माणकार्य गरिने आयोजनामा श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको आवश्यक व्यवस्था गर्न सार्वजनिक खरीद ऐन, नियमावलीमा व्यवस्था भएको बीमालगायतका अन्य प्रावधानसमेत सम्बन्धित ज्याला दर प्रयोग गर्ने निकायले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने छ ।            निर्माण सामग्रीको दर नेपाल सरकारका विभिन्न कार्यालय र संस्थानबाट लेखिआए बमोजिम केहीमा बढाउने र केहीमा घटाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले बतएको छ ।            यस्तो छ दर            प्राप्त विवरणानुसार श्रमिकले ७५० रुपैयाँ प्रतिदिन ज्याला पाउँदै आएकामा अब भने ७९० रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै फोहर÷ढल सफा गर्ने कामदारको हकमा १ हजार ७० रुपैयाँ बाट १ हजार १२५ रुपैयाँ ज्याला कायम गरिएको छ ।            दक्ष (डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार बज्रकर्मी), प्लम्बर, ढुङ्गा र काठको बुट्टा काट्ने साधारण मूर्तिकार, आर्टिष्टको प्रतिदिन १ हजार ३० रुपैयाँबाट एक हजार ८० रुपैयाँ पुर्‍याइएको छ । अर्धदक्ष उक्त कामदारको हकमा भने ८५४ रुपैयाँबाट बढाएर ८९० रुपैयाँ पुर्‍याइएको छ । सामाजिक परिचालक, फोरमेन, खानीसम्बन्धी काम गर्ने कामदारको हकमा ७५० रुपैयाँबाट ७९० रुपैयाँ पु¥याइएको छ ।            यसैगरी निर्माण कार्यका कामदार, मेकानिक्स, कालीगढ, अफिस असिष्टेन्ट, ड्रिल हेल्पर, सर्भे हेल्परआदिको हकमा भने ६९० रुपैयाँबाट ७२५ रुपैयाँ पुर्‍याइएको छ । माली, सहायक परिचालक, स्वीपर, धोवी, वन हेरालु, चौकीदारआदिको ६३० रुपैयाँबाट  ६६० रुपैयाँ बनाइएको छ । सामान लोड अनलोड गर्नेको हकमा प्रति १०० किलो बराबर २१ दशमलव ५० रुपैयाँ बाट २३ रुपैयाँ पुर्‍याइएको छ । भरिया (प्रति ४० किलोसम्म) का लागि प्रतिदिन ७८५ रुपैयाँबाट ८२५ रुपैयाँ पुर्‍याइएको छ ।            स्थानीय प्रशासनले निर्माण सामग्रीको दरसमेत कायम गरेको बताएको छ । जसअनुसार डन्डी बाँध्ने तार प्रतिकिलो ९९ र एमएम सोलिड स्वायर रडको प्रतिकिलो ७५ रुपैयाँ पु¥याइएको छ । यस्तै मेसिनबाट उत्पादित प्रतिहजार इँट्टाको काठमाडौं महानगरपालिका भित्र यसअघि कै  १६ हजार २०० रुपैयाँ कायम गरिएको छ भने चिम्नीबाट तयार भएको इँट्टाको १४ हजार ५४० रुपैयाँ कायम छ ।            यो विवरणमा स्थानीय तह अनुसार फरकफरक मूल्य निर्धारण गरिएको छ । ज्याला निर्धारण समितिले हरेक वर्ष यसरी दर निर्धारण गर्दै आएको छ । रासस

सल्यानमा ५ प्रतिशतले बढ्यो कामदारको पारिश्रमिक

सल्यान । सल्यानमा यस वर्ष कामदारको दैनिक पारिश्रमिकमा वृद्धि भएको छ । जिल्लामा २ वर्षदेखि श्रमिकको ज्याला बढ्न सकेको थिएन । सार्वजनिक खरीद नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८ बमोजिम जिल्ला दररेट निर्धारण समितिले चालू आर्थिक वर्षमा श्रमिकको ज्यालामा वृद्धि गरेको हो । अब जिल्लाका श्रमिकले दैनिक ९५० रुपैयाँ पारिश्रमिक पाउनेछन् । यसअघिका २ आर्थिक वर्षमा उनीहरूको दैनिक पारिश्रमिक ९०० रुपैयाँ थियो । दक्ष सिकर्मी र डकर्मीको ज्याला ५० रुपैयाँ बढाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताइन् । त्यस्तै अदक्ष कुल्ली र ज्यामीको दैनिक पारिश्रमिक ६२५ बाट बढाएर ६५० रुपैयाँ कायम गरिएको छ । प्रजिअ होमागाईका अनुसार ज्यामी नाइकेको ज्लाला ७०० बढेर ७५० रुपैयाँ पु¥याइएको छ । यस्तै भरियाको ६२५ बाट ६७५, हाउस वायरिङ गर्नेको ७०० बाट ७५०, नर्सरी नाइकेको ५०० बाट ५५०, वन हेरालुको ५०० बाट ५५०, सामाजिक परिचालकको ७०० बाट ७५० र दक्ष प्लम्बरको ७०० बाट ७५० रुपैयाँ कायम गरिएको छ । खासगरी जिल्लामा उत्पादन हुने सामानको पर्याप्तता, बजार भाउको मूल्य र जिल्ला बाहिरबाट आयात गर्नुपर्ने सामानको दररेटमा दुवानी रकम जोडेर यस वर्षको जिल्ला दररेट सार्वजनिक गरिएको प्रजिअ होमागाईले बतइन् । ‘नयाँ दररेटले श्रमिकलाई केही राहत मिल्ने अपेक्षा छ,’ उनले भनिन् । केहीको दररेट पुरानै कायम गरिएको र आवश्यकतानुसार केहीको भने बढाइएको उनको भनाइ छ । यस वर्षका लागि निर्धारण गरिएको दररेटप्रति श्रमिकले भने गुनासो गरेका छन् । आफूहरू कोभिड महामारीबाट नराम्ररी प्रभावित भएको भन्दै उनीहरूले बजारको महँगी धान्न सक्नेगरी दररेट कायम नभएको गुनासो गरेका हुन् । ज्याला कम हुँदा साँझ बिहानको छाक टार्न, छोराछोरीको शिक्षादीक्षा, परिवारको औषधोपचारमा समस्या भएको उनीहरू बताउँछन् ।

चिनियाँ सामानको भाउ नबढ्ने

चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका गरिएको थियो तर अर्थशास्त्रीहरूले त्यसो नहुने बताएका छन् । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘नेपालमा आउने सामानहरू पहिलो श्रेणीका नहुने भएकाले श्रमिकको ज्यालावृद्धिले नेपाली बजारमा कुनै असर पर्दैन ।’ नेपाल–चीन व्यापारसम्बन्धी एक विज्ञका अनुसार चलन गइसकेका, कमसल, पाना र सेलमा राखिएका सामान नेपाल आउँछन् । जुन अरू सामानको तुलनामा सस्ता हुन्छन् । यस्ता सामानमा श्रमिकको ज्यालाले कुनै असर नपर्ने उनको तर्क छ । तलब बढाउनुपर्ने माग गर्दै हडतालमा उत्रिएका फक्सकम कम्पनीका ११ जनाले आत्महत्या गरेपछि उसले ७० प्रतिशत तलब वृद्धि गरेको छ । त्यसतै होन्डाले हडताल रोक्न र कामदारालई काममा फर्काउन २४ प्रतिशत तलब बढाउनु परेको थियो । ताइवानको ह्यान्डसेट कम्पोनेन्ट मेकर मेरी इलेक्ट्रिक कम्पनीले ७ हजार कामदारहरूको सुरुको ज्यालामा १७ प्रतिशतले वृद्धि गरेको छ । यसले अरू कम्पनीहरूलाई पनि ज्याला बढाउन दबाव हुने विश्लेषण गरिएको छ । त्यसबाट नेपालमा भित्रिने लत्ताकपडा र विद्युतीय उपकरणका सामानको मूल्य पनि वृद्धि हुन्छ भन्ने आशंका व्यवसायी र उपभोक्तामा छ । नेपालमा चीनबाट दैनिक ५० कन्टेनर सामान भित्रिने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष दुर्गालाल श्रेष्ठ बताउँछन् । वर्ष ५, अंक ४२, २०६७, असार ७–१३