गुल्मी – गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । घटनाबारे सत्य/तथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरकाे संयोजकत्वमा समिति गठन भएको हो ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी प्रशंसा मरासिनीको उपचारका क्रममा आज मङ्गलवार ज्यान गएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको थियो । गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जिसीले अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्य जाँचका क्रममा रिपोर्ट सामान्य रहेको र उपचारकै क्रममा ज्यान गएको प्रतिक्...