मालिका र धौलागिरिका बाढी-पहिरोपीडित ४० परिवारलाई घर हस्तान्तरण

म्याग्दी : वैदेशिक रोजगारका लागि प्रवासमा रहेका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले मालिका र धौलागिरि गाउँपालिकाका बाढी–पहिरोपीडित ४० परिवारलाई नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ।मालिका–७ बिमका १० र धवलागिरि वडा नम्बर ६ मराङ र ७ धारापानीका ३० परिवारलाई घर हस्तान्तरण गरिएको हो। गत वर्ष बाढी–पहिरोबाट विस्थापित बिमका १० परिवारलाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलगायतको उपस्थितिम