खासगरी छिमेक र शक्ति राष्ट्रसँगको सम्बन्धमा नेपाल जस्तो भू–राजनीति भएको मुलुक बढी चनाखो हुनुपर्छ । विश्वको शक्ति सन्तुलनमा तल–माथि भइरहँदा हामी सचेत भएर नै अघि बढ्नुपर्छ । सत्तापक्ष र प्रतिपक्ष दुवैले यस्ता विषयमा चनाखो हुनुपर्छ र बाह्य सम्बन्धका विषयमा समान धारणा बनाउनुपर्छ ।