काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले १२औं वार्षिक साधारण सभा पुस २७ गते गर्ने भएको छ । मङ्सिर २६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २७ गते साधारण सभा गर्ने जानकारी दिएको हो ।
कम्पनीले लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।
यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।