प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भए लगत्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल बालुवाटारबाट बाहिरिएका छन् । अध्यक्ष नेपाल बैठक सुरु भएको ५ मिनेटमै बालुवाटारबाट बाहिरिएका हुन् । बालुवाटारबाट बाहिरिने क्रममा नेता नेपालले कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि उनी पार्टी बैठकका लागि गठबन्धनको बैठक छोडेर हिँडेको हुनसक्ने बताइएको छ । एकीकृत समाजवादीको स्थायी समिति बैठक ११ बजेका लागि बोलाइएको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धन