राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र नाराबाजीका कारण दोस्रो बैठक पनि स्थगन भएको छ ।
प्रतिपक्षको निरन्तरको नाराबाजीका कारण अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक अन्त्य गरेका हुन् ।
पहिलो बैठक पनि प्रमुख प्रतिपक्षको अवरोधका कारण अन्त्य भएको थियो ।
दोस्रो बैठक शुरू भएको घोषणा गर्नासाथ प्रतिपक्ष दलका सांसद उठेर निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले अर्काे बैठक भदौ २५ गते दिनको १ बजे बस्ने गरी बुधवारको बैठक स्थगन गरे ।
बुधवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशो...