सिन्धुपाल्चोक : नेकपा एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकामा दोहोरिने मौका नपाएपछि अध्यक्ष भुपेन्द्र श्रेष्ठले एमाले पार्टी छाडेका छन्। ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षमा श्रेष्ठले एमाले छाडेका हुन्। एमालेले त्रिपुरासुन्दरी गाउँपालिकामा मेघनाथ पौडेललाई उम्मेदवार बनाएको छ। तर, पार्टीले मेघनाथ पौडेललाई टिकट दिएपछि एमालेसँगको सम्बन्ध विच्छेद भएको घोषणा गरेका छन्।फेसबुकमा लेखेका छन्, ‘नेकपा एमाले २०५१ सालबाट सक्रियता राजनीति सुरु गरेर आज आइपुग्दा म