राष्ट्रियसभा सदस्य निर्वाचनमा संक्रमित मतदाता पनि सहभागी हुन पाउने

काठमाडौं– यही माघ १२ गते सम्पन्न हुने राष्ट्रिय सभा निर्वाचनमा संक्रमित मतदाता तथा उम्मेदवार पनि सहभागी हुन पाउने भएका छन्। निर्वाचन आयोगले कोभीड–१९को संक्रमण जोखिमकै बीचमा स्वास्थ्य मापदण्ड पालना गरी व्यवस्थित र सुरक्षित रुपबाट मतदान तथा मतगणना गर्ने व्यवस्था मिलाएको जनाएको छ। उम्मेदवार वा मतदाता मध्ये कोही संक्रमित भएको खण्डमा पनि निश्चित मापदण्डका आधारमा निर्वाचनमा […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : कुल १८ मतदाता अनुपस्थित

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १९ पदका लागि बुधबार भएको मतदानमा कुल १८ मतदाता अनुपस्थित भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभर कुल दुई हजार २५ मतदातामध्ये दुई हजार सातजना मतदानमा सहभागी भएका छन् । सातै प्रदेशमा भएको निर्वाचनमा नौ राजनीतिक दलका ४३ उमेदवार चुनावी मैदानमा छन् ।...

राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो, आजै मतगणना गर्ने तयारी

बागमती प्रदेश तर्फको रिक्त राष्ट्रियसभा सदस्य निर्वाचित गर्न बिहीवार भएको मतदानमा ३३८ मत खसेको छ । निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदानमा १०४ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना ३३८ जना सहभागी भएका छन् । मतदानमा १० मतदाता अनुपस्थित रहेका छन् । विवेकशील साझा पार्टीका ३ जनाले मतदाताले ‘नो भोट’ गरेका थिए । उपनिर्वाचनको मतगणना आज बिहीवारै हुने जनाइएको छ । उपनिर्वाचनमा नेकपा एमालेका रामबहादुर थापा ‘बादल’ र विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी र एमा...

जेठ ६ गते हुने उपनिर्वाचनमा ३४८ मतदाता

काठमाडौं। निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ। आयेगको आज बसेको बैठकले मतदाता नामवलीलाई अन्तिम रुप दिएको हो। आयोगकाअनुसार मतदानमा प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी ३४८ जना मतदाता सहभागी हुनेछन्। नामावली वैशाख २१ गते प्रकाशित गरिने छ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ५ बाट ३०३ मत खस्यो : आजै परिणाम आउने

दाङ - प्रदेश नम्बर ५ मा राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा ३०३ मत खसेको छ । ३०५ जम्मा मतदाता रहेकोमा दुई मतदाता सहभागी नभएकाले जम्मा ३०३ मत मात्र खसेकाे हाे । प्रदेशसभा सदस्य तर्फबाट एक जना र स्थानीय तहका तर्फबाट एक जना मतदाता सहभागी नभएका हुन् । विपक्षी दलका नेता प्रदेश सांसद बलदेब शर्मा पोखरेलको निधन भएका कार...