रूकुम पूर्व : रूकुम पश्चिममा पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नु पूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ। उनीहरू कहाँ विवाहका लागि लगन हेराउन जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने नियम बनाइएको हो। उनीहरूले जन्ममिति प्रमाणित भएको कागजात हेरेर मात्र लगन जुराउन पाउनेछन्।जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा आयोजित बाल विवाहविरुद्धको कार्यक्रममा सरोकारवालाहरूले विवाहका लागि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र अनिवार्य गर्ने निर्णय गरेका हुन्। विवाहको ब्यानर लेख्ने, निमन