गण्डकीमा शुक्रबार प्रदेशसभा बैठक सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको छ । कांग्रेस र राप्रपाका सांसद अनुपस्थित भएपछि ६ मिनेट मात्रै बैठक सञ्चालन भयो । सभामुखले संसद् अधिवेशन सुरु भएको जानकारी गराउँदै अर्को सूचना नआउँदासम्मका लागि बैठक स्थगित गरे ।