अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कने क्रम जारी छ । आज जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् । हालसम्म ४६१ नेपाली काठमाडौँ आइपुगेका तथा थप नौ जना नियमित उडानबाट आज राति आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धार भई स्वदेश आएकाहरुमा काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरूका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही छन् । काठमाडौँ आइपुुगेकाहरुलाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ