इलाम चालिस वर्षपछि भारतीय जेलबाट मुक्त हुनुभएका इलामका दुर्गाप्रसाद तिम्सिनाले आमालाई भेट्नुभएको छ । आइतवार दिउँसाे घरमा पुगेपछि दुर्गाप्रसादले ८५ वर्षीया आमालाई भेटेर मिठाई खुवाइदिनुभयो ।
छोरालाई भेटेपछि आमा धनमाया तिम्सिनाले छोरो आउँछ भनेर बाटो हेरिरहेको र अहिले छाेराे घर आइपुग्दा खुसी लागेको बताउनुभयो ।
चालीस वर्ष भारतको कोलकातामा रहेकाे दमदम जेलमा विना सुनुवाइ बिताउनुभएका इलामको माई नगरपालिका १० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना घर पुग्नुभएकाे हाे ।
कोलकाता उच्च अदालतक...