भक्तपुर नगरपालिकाले सोमवार मिठाई पसलको अनुगमन गरेको छ ।
नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नःपुखु, बुलुचा, साकोठा, सुकुलढोका, जगाती र चोखामा मिठाई पसल अनुगमन गरिएको छ ।
मंगलवार मातातीर्थ औंशीलाई ध्यानमा राखी मिठाई पसल नखोल्न र नबनाउन अनुरोध गर्दै अनुगमन गरिएकोे संयोजक गोराले बताए । अनुगमनमा मिठाई पसल खोलेकाहरूलाई जरिवाना गरिएको र अखाद्य मिठाई नष्ट गरिएको उनले बताए ।
सुकुलढोकाको श्रेष्ठ मिठाई पसल र जगातीका २ मिठार्ई पसल अनुगमन टोली पुगेको थाहा पाएर भागेका थिए । दिव्य स्वीट्समा...