जोर्डनमा घरको काम गर्न नेपालबाट वर्षेनि पुग्छन् एक हजार महिला

काठमाडौं :  सरकारले २०७३ देखि नेपाली महिलालाई घरेलु कामदारमा पठाउन प्रतिबन्ध लगायो। विभिन्न मुलुकमा घरेलु कामदारमा जाने महिला असुरक्षित भएको भन्दै रोक लगाएको ६ वर्ष पुग्न लाग्दा पनि प्रतिबन्ध फुकुवा हुन सकेको छैन।नेपाली महिला घरेलु कामदारका रूपमा जाँदा विभिन्न समस्या देखिएको भन्दै सरकारले रोक लगाएको थियो। २०७२ सालमा ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका’ जारी भएको थियो। सरकारले २०७३ चैतबाट लगाएको प्रतिबन्ध आजसम्म फुकुवा भएको छैन।सरकाले महिलालाई प्रतिबन्ध

सम्बन्धित सामग्री

इराकमा ५ महिनादेखि ५ नेपाली महिला बन्धक

८ असार, काठमाडौं । मासिक ४० हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाएपछि मकवानपुरकी शान्ति माया गोेले विदेश जान राजी भइन् । ‘घरको काम हो, दुःख हुँदैन’ भनेर लोभ देखाएकी थिइन्, मकवानपुरकै बिना लामाले । बिनाले गाउँका …

सामूहिक कृषि–कर्ममा रमाउंँदै चितवनका थारू महिला

चितवन । जिल्लाको माडी नगरपालिका–१, गर्दीको कृषक समूहमा आवद्ध थारू महिला कृषि–कर्ममा सक्रिय हुन थालेका छन् । केही वर्षअघिसम्म घरको चुलो चौकामा व्यस्त हुने उनीहरू अहिले फरक काममा रमाउन थालेका हुन् ।  गर्दीमा बसोवास गर्नेमध्ये ५५ जना थारू महिला आम्दानीको नयाँ स्रोतको खोजी गर्न व्यावसायिक कृषि कर्ममा जुटेका छन् । सामूहिकरूपमा हाँस, लोकल कुखुरा, माछापालनसँगै च्याउ र केरा खेती गरेर उनीहरू राम्रो आम्दानी लिन सफल भएका छन् । र, व्यावसायिक काममा पनि पुरूषभन्दा अब्बल हुन सक्छन् भन्ने उदाहरण पेश गरेका छन् ।  महिलाहरूले कृषि–कर्मका लागि थारू महिला कृषक समूहसमेत खोलेका छन् । त्यही समूहबाट मल तथा बीउबिजन ल्याउने, शीप सिक्ने र विक्री वितरण गर्ने गरेको समूहकी अध्यक्ष हीरामणि गुरौले बताइन् । ‘पहिला समूहमा ९४ जनासम्म सहभागी थियौं । अहिले कति साथीहरू अन्य व्यवसाय र घरको काम भनेर निस्कनुभयो,’ उनले भनिन्, ‘अहिले समूहमा ५५ जना छौं । तर, जति छौं उतिचाहिंँ सक्रिय छौं ।’  उक्त समूहको फार्ममा ५०० हाँसका चल्ला छन् । एक हजार चल्ला हाल्ने तयारी भए पनि अत्यधिक जाडोका कारण ५०० मात्रै हालिएको र जाडो कम भएपछि थपिने योजना रहेको उनी बताउँछिन् ।  यससँगै उनीहरूले च्याउ खेती पनि थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने गरेकाले च्याउ खेती थालेको उनले बताइन् । शुरूमा काम गर्न नजान्दा समस्या भए पनि प्राविधिकहरू ल्याएर काम सिकेपछि अहिले सहज भएको उनको भनाइ छ ।  थारू समुदायको बाहुल्यता रहेको यस गाउँका हाँस, कुखुरा तथा माछा किन्नका लागि ग्राहकहरू फार्ममै आउने गरेका छन् । अर्गानिक उत्पादन भएकोले अहिले मागअनुसार हाँस पु¥याउन नसकिएको समूहकी अध्यक्ष गुरौको भनाइ छ ।  उक्त समूहले हाँसदेखि माछा पाल्ने संरचना बनाउन साढे ८ लाख रुपैयाँ खर्च गरेको छ । अध्यक्ष गुरौका अनुसार संरचना बनाउनका लागि माडी नगरपालिकाबाट र स्थानीय जनसहभागिताबाट गरी ८ लाख ५४ हजार ३४८ रुपैयाँको लागतमा हाँस, कुखुरा तथा माछा पाल्ने संरचनाहरू बनाइएको छ ।  उनले संस्थाको आम्दानीबाट समूहलाई आवश्यक संरचनाहरू बनाउन खर्च गरिएको बताइन् । माडी–१ का पूर्ववडाअध्यक्ष कृष्ण पौडेलको उत्प्रेरणा र समन्वयका कारण आफूहरू संगठित भएर कृषि–कर्ममा जोडिएको समूहकी अध्यक्ष गुरौले बताइन् । सामूहिकरूपमा काम गरेमा काम गर्न सहज हुनुका साथै थोरै लगानीमा पनि राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । ‘पहिला यहांँका महिला घरमै बस्थे, घाँस–दाउराका लागि जंगल जान्थे, माछा मार्न खोला जान्थे । अहिले उनीहरूको दैनिकी फेरिएको छ,’ गुरौले भनिन् । आगामी दिन यस कर्मलाई थप व्यवसायिक र विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।

गिटी फोडेर घर व्यवहार चलाउँदै जुम्लाका महिला

जुम्लाको गुठिचौर गाउँपालिका ४ की ४८ वर्षीय देउली जैसी घरको काम सकाएर बचेको समयमा गिटी फोड्छिन्। उनी दैनिक एक हजार रुपैयाँ कमाउँछिन्। उनी घरको काम पनि छुटाउँदिनन्। बचेको समय पनि सदुपयोग गरेर गिटी फोड्छिन्।

अन्तरराष्ट्रिय नारी दिवस : आर्थिक रूपमा कहिले उठ्लान् महिला ?

फागुन २५, काठमाडौं  । मार्च ८ अर्थात् अन्तरराष्ट्रिय नारी दिवस । यस दिन संसारभरि नारी स्वतन्त्रता, लैंगिक समानता र नारी हक अधिकारका आवाज घन्किन्छन् । नेपालमा पनि मंगलवार नारी दिवस मनाइयो ।  तर, टौदहकी शान्ति परियारलाई भने नारी दिवसबारे थाहै भएन । अरू दिनझैं उनी बिहान उठेर भातभान्सा सकेर काखे बालक ढाडमा हालेर काममा निस्किइन् । इँटा बोक्न गइन् । यो कामबाट उनको मासिक आम्दानी औसत १२/१५ हजार रुपैयाँसम्म हुन्छ ।  यो कमाइ कोठाभाडा, महीनाभरको रासन र एउटा छोराको पढाइ खर्च, अनि काखे बालकका लागि सकिने गर्छ । ‘सम्पत्तिका नाममा दुःख गरेर खाने दुई हात मात्रै छ,’ उनी भन्छिन् । कहिलेकाहीँ बचेको हजार/पन्ध्र सय रुपैयाँ नजिकैको सहकारीमा राख्ने उनको भनाइ छ । कीर्तिपुर नः गाउँकी ४२ वर्षीय सानुमाया महर्जन पेशाले गृहणी हुन् । कनिकुथी अक्षरसम्म चिन्ने महर्जनको दैनिक घरभान्सा अनि खेतबारीमा बित्छ । बिहान ५ बजे उठेदेखि राति ११ बजेसम्म पनि टुसुक्क बस्ने फुर्सद पाउँदिनन् उनी । उनको जागीर छैन । श्रीमान्ले ८ घण्टा काम गरेर जागीर पकाएर आउँछन् । तर, उनको काम १८ घण्टामा पनि सकिँदैन । नारी दिवसमा जतिसुकै हक, अधिकारका कुरा भए पनि आफूलाई केही हात नलागेको उनको भनाइ छ । ‘महिला सुखी र सफल हुन आर्थिक रूपमा सबल हुनैपर्ने रहेछ,’ उनको अनुभव छ ।  उनका श्रीमान् निजी कम्पनीमा लेखापाल छन् । आफ्नै घर भएकाले कोठाभाडा तिर्नु पर्दैन । तर, आफ्ना सारा खर्च जुटाउन श्रीमान्सँगै हात थाप्नुपर्छ उनले । उनी श्रीमान्सँग खर्च माग्दा गाली खानु परेको सुनाउँछिन् । चोभारकी सृजना बर्तौलाको अवस्था पनि उस्तै छ । उजी काठमाडौंको एक निजी विद्यालयमा पढाउँथिन् । परिवार बढाउने योजनापछि छोरा हेर्नकै लागि मासिक २२ हजार रुपैयाँको जागीर छाडेर बस्नुपरेको उनको भनाइ छ । ‘ट्युशनसमेत गरेर महीनाको झन्डै ३०/३२ हजार रुपैयाँ कमाउँथेँ,’ उनी भन्छिन्, ‘तर, बच्चा जन्मिएपछि घरमा काखे बच्चा हेर्ने कोही भएन अनि जागीर छाडेँ ।’  काखको बच्चा १४ महीना पुगेको छ । तर, बेलाबेला बिरामी भइरहने भएकाले छोराको स्याहार गर्नु कि आफ्नो करियरलाई निरन्तरता दिने भन्ने संकटमा परेको उनले गुनासो गरिन् ।  श्रीमान्सरह खटिन्छिन्, भैंसेपाटीकी सावित्री पौडेल । श्रीमान् सरकारी जागीरे छन् । पौडेल चाहिँ ब्यूटी पार्लर चलाउँछिन् । सासूससुरासँग बस्ने पौडेललाई घरको काम अनि आफ्नो पार्लरको काम भ्याउन सधैं सकस गर्नुपर्छ । बिहान ६ बजे उठेदेखि श्रीमान् र छोराहरूलाई समयमै खाना खुवाएर पठाउन भ्याइनभ्याई हुन्छ उनलाई ।  सबै जना आआफ्नो काममा खटिएपछि १० बजे बल्ल पार्लर खोल्ने समय पाउँछिन् । पार्लरमा मान्छे नआउँदा फुर्सदको समयमा घरमा आएर सर सफाई र लुगा धुनेलगायत काम गर्छिन् । अनि सासूससुरालाई दिउँसोका खाजा खुवाएर फेरि पार्लर जान्छिन् । बेलुका ६ बजे पार्लरबाट आएपछि पनि खाना बनाउने अनि छोराहरूको गृहकार्य हेर्ने कामको चटारो हुन्छ । राति १० बजेसम्म घरको कामबाट उनले फुर्सद पाउँदिनन् ।  पार्लरबाट आएको सबै पैसा घरमै खर्च हुन्छ । आफ्ना लागि भनेर १० प्रतिशत पनि राख्न पाउँदिनन् । अधिकांश पैसा श्रीमान्लाई घर खर्चका लागि दिन्छिन् । जीविकोपार्जनका लागि श्रीमान्सरह खटेर काम गर्ने भए पनि घरको काममा श्रीमान्बाट खासै सहयोग नपाएको उनको गुनासो छ । नारीहरूको अवस्थाबारे यी केही प्रतिनिधि घटना हुन् । अन्तरराष्ट्रिय नारी दिवसमा लैंगिक समानता, नारी स्वतन्त्रता र समताका विषयमा आवाज उठाइन्छ । तर, आधा आकाश ढाक्ने महिलाहरूमाथिको विभेद उस्तै छ । आफ्नो कमाइ नभएका अनि श्रीमान् वा छोराछोरी माथि आश्रित महिलाहरूको अवस्था दयनीय छ ।  कमाइरहेकामध्ये पनि आफ्नो भविष्यका लागि भनेर बचाउनेको संख्या एकदमै कम छ । छोराछोरीका लागि जागीर नै बिट मारेर बस्नु परिरहेको छ । कामकाजी महिलाहरूको कामलाई निरन्तरता दिन सक्ने सुत्केरी बिदा बढाउने वा कार्यास्थलमै साना बालबालिका हेर्न सक्ने व्यवस्था मिलाउने खालको नीति ल्याउनेबारे सरकार र निजीक्षेत्र दुवै उदासीन देखिन्छन् । कमाउनेहरूको पनि आर्थिक हैसियत सोचेजस्तो सबल छैन । अभियान दैनिकको प्रिन्ट संस्करणबाट

गिटी फोडेर घर व्यवहार चलाउदै जुम्लाका महिला

जुम्लाको गुठिचौर गाउँपालिका ४ की ४८ वर्षीया देउली जैसी घरको काम सकाएर बचेको समयमा गिटी फोड्छिन्। उनी दैनिक एक हजार रुपैयाँ कमाउँछिन्।...