अन्तरराष्ट्रिय नारी दिवस : आर्थिक रूपमा कहिले उठ्लान् महिला ?

फागुन २५, काठमाडौं  । मार्च ८ अर्थात् अन्तरराष्ट्रिय नारी दिवस । यस दिन संसारभरि नारी स्वतन्त्रता, लैंगिक समानता र नारी हक अधिकारका आवाज घन्किन्छन् । नेपालमा पनि मंगलवार नारी दिवस मनाइयो ।  तर, टौदहकी शान्ति परियारलाई भने नारी दिवसबारे थाहै भएन । अरू दिनझैं उनी बिहान उठेर भातभान्सा सकेर काखे बालक ढाडमा हालेर काममा निस्किइन् । इँटा बोक्न गइन् । यो कामबाट उनको मासिक आम्दानी औसत १२/१५ हजार रुपैयाँसम्म हुन्छ ।  यो कमाइ कोठाभाडा, महीनाभरको रासन र एउटा छोराको पढाइ खर्च, अनि काखे बालकका लागि सकिने गर्छ । ‘सम्पत्तिका नाममा दुःख गरेर खाने दुई हात मात्रै छ,’ उनी भन्छिन् । कहिलेकाहीँ बचेको हजार/पन्ध्र सय रुपैयाँ नजिकैको सहकारीमा राख्ने उनको भनाइ छ । कीर्तिपुर नः गाउँकी ४२ वर्षीय सानुमाया महर्जन पेशाले गृहणी हुन् । कनिकुथी अक्षरसम्म चिन्ने महर्जनको दैनिक घरभान्सा अनि खेतबारीमा बित्छ । बिहान ५ बजे उठेदेखि राति ११ बजेसम्म पनि टुसुक्क बस्ने फुर्सद पाउँदिनन् उनी । उनको जागीर छैन । श्रीमान्ले ८ घण्टा काम गरेर जागीर पकाएर आउँछन् । तर, उनको काम १८ घण्टामा पनि सकिँदैन । नारी दिवसमा जतिसुकै हक, अधिकारका कुरा भए पनि आफूलाई केही हात नलागेको उनको भनाइ छ । ‘महिला सुखी र सफल हुन आर्थिक रूपमा सबल हुनैपर्ने रहेछ,’ उनको अनुभव छ ।  उनका श्रीमान् निजी कम्पनीमा लेखापाल छन् । आफ्नै घर भएकाले कोठाभाडा तिर्नु पर्दैन । तर, आफ्ना सारा खर्च जुटाउन श्रीमान्सँगै हात थाप्नुपर्छ उनले । उनी श्रीमान्सँग खर्च माग्दा गाली खानु परेको सुनाउँछिन् । चोभारकी सृजना बर्तौलाको अवस्था पनि उस्तै छ । उजी काठमाडौंको एक निजी विद्यालयमा पढाउँथिन् । परिवार बढाउने योजनापछि छोरा हेर्नकै लागि मासिक २२ हजार रुपैयाँको जागीर छाडेर बस्नुपरेको उनको भनाइ छ । ‘ट्युशनसमेत गरेर महीनाको झन्डै ३०/३२ हजार रुपैयाँ कमाउँथेँ,’ उनी भन्छिन्, ‘तर, बच्चा जन्मिएपछि घरमा काखे बच्चा हेर्ने कोही भएन अनि जागीर छाडेँ ।’  काखको बच्चा १४ महीना पुगेको छ । तर, बेलाबेला बिरामी भइरहने भएकाले छोराको स्याहार गर्नु कि आफ्नो करियरलाई निरन्तरता दिने भन्ने संकटमा परेको उनले गुनासो गरिन् ।  श्रीमान्सरह खटिन्छिन्, भैंसेपाटीकी सावित्री पौडेल । श्रीमान् सरकारी जागीरे छन् । पौडेल चाहिँ ब्यूटी पार्लर चलाउँछिन् । सासूससुरासँग बस्ने पौडेललाई घरको काम अनि आफ्नो पार्लरको काम भ्याउन सधैं सकस गर्नुपर्छ । बिहान ६ बजे उठेदेखि श्रीमान् र छोराहरूलाई समयमै खाना खुवाएर पठाउन भ्याइनभ्याई हुन्छ उनलाई ।  सबै जना आआफ्नो काममा खटिएपछि १० बजे बल्ल पार्लर खोल्ने समय पाउँछिन् । पार्लरमा मान्छे नआउँदा फुर्सदको समयमा घरमा आएर सर सफाई र लुगा धुनेलगायत काम गर्छिन् । अनि सासूससुरालाई दिउँसोका खाजा खुवाएर फेरि पार्लर जान्छिन् । बेलुका ६ बजे पार्लरबाट आएपछि पनि खाना बनाउने अनि छोराहरूको गृहकार्य हेर्ने कामको चटारो हुन्छ । राति १० बजेसम्म घरको कामबाट उनले फुर्सद पाउँदिनन् ।  पार्लरबाट आएको सबै पैसा घरमै खर्च हुन्छ । आफ्ना लागि भनेर १० प्रतिशत पनि राख्न पाउँदिनन् । अधिकांश पैसा श्रीमान्लाई घर खर्चका लागि दिन्छिन् । जीविकोपार्जनका लागि श्रीमान्सरह खटेर काम गर्ने भए पनि घरको काममा श्रीमान्बाट खासै सहयोग नपाएको उनको गुनासो छ । नारीहरूको अवस्थाबारे यी केही प्रतिनिधि घटना हुन् । अन्तरराष्ट्रिय नारी दिवसमा लैंगिक समानता, नारी स्वतन्त्रता र समताका विषयमा आवाज उठाइन्छ । तर, आधा आकाश ढाक्ने महिलाहरूमाथिको विभेद उस्तै छ । आफ्नो कमाइ नभएका अनि श्रीमान् वा छोराछोरी माथि आश्रित महिलाहरूको अवस्था दयनीय छ ।  कमाइरहेकामध्ये पनि आफ्नो भविष्यका लागि भनेर बचाउनेको संख्या एकदमै कम छ । छोराछोरीका लागि जागीर नै बिट मारेर बस्नु परिरहेको छ । कामकाजी महिलाहरूको कामलाई निरन्तरता दिन सक्ने सुत्केरी बिदा बढाउने वा कार्यास्थलमै साना बालबालिका हेर्न सक्ने व्यवस्था मिलाउने खालको नीति ल्याउनेबारे सरकार र निजीक्षेत्र दुवै उदासीन देखिन्छन् । कमाउनेहरूको पनि आर्थिक हैसियत सोचेजस्तो सबल छैन । अभियान दैनिकको प्रिन्ट संस्करणबाट

सम्बन्धित सामग्री

बेस क्याम्पमा मनाइयाे नारी दिवस

कालापत्थर (सोलुखुम्बु)- एक सय १४औं अन्तरराष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाका आधार शिविरमा मनाइएको छ। विभिन्न विधामा ख्यातिप्राप्त नारीको सहभागितासहित साथसाथै फाउन्डेसनको आयोजनामा शुक्रबार सगरमाथा आधार शिविरमा सम्मेलन सकिएको हो। उक्त सम्मेलनले जलवायु न्यायका लागि सातबुँदे घोषणापत्रसमेत जारी गरेको छ। जलवायु परिवर्तनका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा र खुम्बु क्षेत्रसहित अन्य हिमालमा देखिएका असरका […]

सगरमाथा आधार शिविरमा नारी दिवस मनाइयो

एक सय १४औँ अन्तरराष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाका आधार शिविरमा मनाइएको छ । विभिन्न विधामा ख्यातिप्राप्त नारीको सहभागितासहित साथसाथै फाउन्डेसनको आयोजनामा शुक्रबार सगरमाथा आधार शिविरमा सम्मेलन सकिएको हो । उक्त सम्मेलनले जलवायु न्यायका लागि सातबुँदे घोषणापत्रसमेत जारी गरेको छ । जलवायु परिवर्तनका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा र खुम्बु क्षेत्रसहित अन्य हिमालमा देखिएका …

‘नारी दिवस कसका लागि?’ भन्दै प्रदर्शन (तस्बिरहरु)

काठमाठौँ – आरती साहका लागि न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरुले नारी दिवस मनाउने संघसंस्थाविरुद्ध पनि नाराबाजी गरेका छन्। उनीहरुले ‘नारी दिवस कसका लागि?’ भन्दै गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षणसमेत गराएका छन्। साथै उनीहरुले माइतीघर क्षेत्रमा निषेधाज्ञा लगाएकोप्रति पनि विरोध गरेका छन्। धनुषाको मिथिला बिहारी नगरपालिका-३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम-९ […]

होलीसँगै पत्रकार महिलाले मनाए नारी दिवस

वीरगन्ज । होलीमा सबै नेपाली झुम्दै गर्दा अधिकारमा समानता खोज्दै पर्सामा पनि ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । पत्रकार महिलाले संचालन गरेको मध्य नेपाल सन्देश पत्रिकाको अगुवाईमा ‘संचारमा पत्रकार महिला’ बिषयक अन्तरकृया गर्दै होलीको रंगसँगै सोमबार यहाँ पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो । पत्रकार महिलाहरुले समान काम र समान ज्यालाका लागि समान […] The post होलीसँगै पत्रकार महिलाले मनाए नारी दिवस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नारी दिवस

बुहारी पनि कसैकी छोरी हो भन्ने कुरा अधिकारकर्मीको सोचमा पर्दैन भने नारी दिवस मनाउनुको के औचित्य छ!...

नारी दिवस

बुहारी पनि कसैकी छोरी हो भन्ने कुरा अधिकारकर्मीको सोचमा पर्दैन भने नारी दिवस मनाउनुको के औचित्य छ!...

हुम्लामा देउडा खेलेर मनाइँदै नारी दिवस

११२औं अन्तर्राष्ट्रिय नारी दिवस हुम्लामा देउडा खेलेर मनाईएको छ।  छाउपडी, बालविवाह, घरेलु हिंसाको विषयमा देउडा खेल खेलेर हुम्लामा नारी दिवस मनाइएको हो। जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको उक्त कार्यक्रममा महिला–पुरुष...

नारामा मात्रै सीमित नारी दिवस

आज फागुन २४ गते अर्थात् ८ मार्च, अन्तर्राष्ट्रिय नारी दिवस पनि हो । आजको दिन विभिन्न ठाउँमा विभिन्न तरिकाले नारी दिवस मनाउने गरिन्छ । एकातर्फ नारा सुन्दा त हो जस्तो पनि लाग्छ, महिलाको हकहितका लागि त गज्जबका नारा लगाउँछन् । तर, के हामी आफैंलाई प्रश्न गर्न सक्छौं, महिला दिवस के नारामा मात्रै सीमित हो त […]

आज ८ मार्च अर्थात् १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाण्डाै - आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस : १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ । लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गर्न लागिएको हो । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथ...

चाहिँदैन एक दिनको नारी दिवस

घरबाट खुसी खुसी हिँडेकी छोरी  बेलुका सही सलामत घर छिरे पुग्छ चाहिँदैन एक दिनको नारी दिवस