सामूहिक कृषि–कर्ममा रमाउंँदै चितवनका थारू महिला

चितवन । जिल्लाको माडी नगरपालिका–१, गर्दीको कृषक समूहमा आवद्ध थारू महिला कृषि–कर्ममा सक्रिय हुन थालेका छन् । केही वर्षअघिसम्म घरको चुलो चौकामा व्यस्त हुने उनीहरू अहिले फरक काममा रमाउन थालेका हुन् ।  गर्दीमा बसोवास गर्नेमध्ये ५५ जना थारू महिला आम्दानीको नयाँ स्रोतको खोजी गर्न व्यावसायिक कृषि कर्ममा जुटेका छन् । सामूहिकरूपमा हाँस, लोकल कुखुरा, माछापालनसँगै च्याउ र केरा खेती गरेर उनीहरू राम्रो आम्दानी लिन सफल भएका छन् । र, व्यावसायिक काममा पनि पुरूषभन्दा अब्बल हुन सक्छन् भन्ने उदाहरण पेश गरेका छन् ।  महिलाहरूले कृषि–कर्मका लागि थारू महिला कृषक समूहसमेत खोलेका छन् । त्यही समूहबाट मल तथा बीउबिजन ल्याउने, शीप सिक्ने र विक्री वितरण गर्ने गरेको समूहकी अध्यक्ष हीरामणि गुरौले बताइन् । ‘पहिला समूहमा ९४ जनासम्म सहभागी थियौं । अहिले कति साथीहरू अन्य व्यवसाय र घरको काम भनेर निस्कनुभयो,’ उनले भनिन्, ‘अहिले समूहमा ५५ जना छौं । तर, जति छौं उतिचाहिंँ सक्रिय छौं ।’  उक्त समूहको फार्ममा ५०० हाँसका चल्ला छन् । एक हजार चल्ला हाल्ने तयारी भए पनि अत्यधिक जाडोका कारण ५०० मात्रै हालिएको र जाडो कम भएपछि थपिने योजना रहेको उनी बताउँछिन् ।  यससँगै उनीहरूले च्याउ खेती पनि थालेका छन् । छोटो समयमा राम्रो आम्दानी हुने गरेकाले च्याउ खेती थालेको उनले बताइन् । शुरूमा काम गर्न नजान्दा समस्या भए पनि प्राविधिकहरू ल्याएर काम सिकेपछि अहिले सहज भएको उनको भनाइ छ ।  थारू समुदायको बाहुल्यता रहेको यस गाउँका हाँस, कुखुरा तथा माछा किन्नका लागि ग्राहकहरू फार्ममै आउने गरेका छन् । अर्गानिक उत्पादन भएकोले अहिले मागअनुसार हाँस पु¥याउन नसकिएको समूहकी अध्यक्ष गुरौको भनाइ छ ।  उक्त समूहले हाँसदेखि माछा पाल्ने संरचना बनाउन साढे ८ लाख रुपैयाँ खर्च गरेको छ । अध्यक्ष गुरौका अनुसार संरचना बनाउनका लागि माडी नगरपालिकाबाट र स्थानीय जनसहभागिताबाट गरी ८ लाख ५४ हजार ३४८ रुपैयाँको लागतमा हाँस, कुखुरा तथा माछा पाल्ने संरचनाहरू बनाइएको छ ।  उनले संस्थाको आम्दानीबाट समूहलाई आवश्यक संरचनाहरू बनाउन खर्च गरिएको बताइन् । माडी–१ का पूर्ववडाअध्यक्ष कृष्ण पौडेलको उत्प्रेरणा र समन्वयका कारण आफूहरू संगठित भएर कृषि–कर्ममा जोडिएको समूहकी अध्यक्ष गुरौले बताइन् । सामूहिकरूपमा काम गरेमा काम गर्न सहज हुनुका साथै थोरै लगानीमा पनि राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ । ‘पहिला यहांँका महिला घरमै बस्थे, घाँस–दाउराका लागि जंगल जान्थे, माछा मार्न खोला जान्थे । अहिले उनीहरूको दैनिकी फेरिएको छ,’ गुरौले भनिन् । आगामी दिन यस कर्मलाई थप व्यवसायिक र विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । 

सम्बन्धित सामग्री

जितियामा सांस्कृतिक भेषभूषामा थारू महिला (तस्वीरहरू)

९ असोज, काठमाडौं । तराइमा बसोबास गर्ने थारू महिलाहरुले आज जितिया पर्व मनाएका छन्। पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिला जितियाको व्रत लिएका छन् । काठमाडौं उपत्यकामा थारू महिलाहरूले तीन ठाउँमा जितिया महोत्सवको आयोजना गरेका छन् …

अर्गानिक तरकारी खेतीमा रमाउँदै बाँकेका थारू महिला

२६ वैशाख, बाँके । अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारू महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारी …

ढकिया बुन्न सिक्दै भरतपुरका थारू महिला

१९ पुस, भरतपुर । पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ । तर कला–संस्कृतिको धनी थारूसमुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन् । चितवनको रत्ननगर नगरपालिका-१० भानु चोककी जानकी चौधरी ढकियालगायत थारूसमुदायले प्रयोग […]

दाङका थारू महिला सागसब्जी उत्पादनबाट आत्मनिर्भर

दाङ– बिहान ४ बजेदेखि नै तुलसीपुरका विभिन्न चोकमा कठ्याङ्ग्रिने चिसोको परवाह नगरी छिटुवामा सागसब्जी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन् दाङका थारू महिला । तुलसीपुर बजारका चोकचोकमा  किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा भेटिन्छन् । चिसो सडकमा ग्राहकको पर्खाइमा बस्नेमध्येकी एक हुन् तुलसीपुर उपमहानगरपालिका–१० पड्डाकी ४० वर्षीया रामकुमारी चौधरी । उनी व्यावसायिकरूपमा […]

राना थारूलाई छुट्टै जाति र भाषामा वर्गीकरण गरेकोमा आपत्ति

२२ जेठ, काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा प्रकाशन गर्दा थारू समुदाय भित्रको राना थारूलाई छुट्टै जाति र भाषाका रुपमा वर्गीकरण गरेको भन्‍दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् । थारू आयोग, थारू कल्याणकारिणी सभा,  थारू मानक भाषा मस्यौदा समिति, थारू भसा साहित्य केन्द्र नेपाल, थारू महिला समाज, थारू महिला सभालगायतका सरोकारवालाले  आपत्ति […]

थारू महिला हस्ताकलाका सामग्री बनाएर बिक्री गरेर आत्मनिर्भर बन्दै

कपिलवस्तु । कपिलवस्तुका थारू महिलाहरुको हस्तकला सिप आम्दानीको स्रोत बन्दै गएको छ । फुर्सदको समयलाई सदुपयोग गर्दै घरायसी काम काजका लागि ढकिया बुन्दै आएका बुद्धभूमि बरकुलपुरका थारु महिलाहरुको हस्तकला सिप जीवनयापन गर्ने माध्यम बनेको हाे । उनीहरूले मौनी, डेलवा लगायत परम्परागत हस्तकलाको सामग्री बनाउदै आएका छन् । थारु प्रचलन अनुसार पुजापाठ, बिहेलगायतका शुभकार्यमा सुक्खा सामाग्री […]

काठमाडौंमा थारु महिलाको जितिया महोत्सव (तस्वीरहरु)

२ असोज, काठमाडौं। सन्तान र घरपरिवारको दीर्घायूको कामना गर्दै तराईका आदिवासी थारू समुदायका महिलाहरुले काठमाडौँको तीन ठाउँमा जितिया महोत्सव मनाएका छन्। थारू महिला समाजले काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड, थारु महिला सभा काठमाडौँ उपत्यका समितिले राष्ट्रिय नाँचघर जमल र थारु साँस्कृतिक विकास मञ्‍चले ललितपुरको कुपण्डोलमा एकै दिन जितिया महोत्सव मनाएका हुन्। तीन दिनसम्म मनाउने जितिया […]

तरकारीखेतीबाट आत्मनिर्भर बन्दै दाङ धम्कापुरका थारु महिला

२२ फागुन, दाङ । तुलसीपुर उपमहानगरपालिका–१५ स्थित धम्कापुरका थारू महिला व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । तीमध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधरी । उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई सफल महिला किसानको रुपमा चिनाएकी छन् । आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्न सधैं एकाबिहानै छिटुवामा बोकेर तुलसीपुरका घरघर […]

'माछी मारन हो बैनी'

कैलालीको भजनी नगरपालिकाअन्तर्गत हुलाकी सडकमा माछा मार्न जान लागेका थारू महिला । उनीहरू एकैठाउँमा सामूहिकरुपमा जम्मा भएर वर्षातको पानी जम्मा भएको तलाउ वा पोखरीमा गएर हेल्काको प्रयोग गरी माछा मार्न जाने गर्दछन् ।  - तस्वीर : झलनाथ खनाल/रासस

आजका १० तस्बिर, हेर्नुहोस् देशभरका केही तस्बिरहरु

आजका १० तसि्बरमा हामीले आउँदै गरेको श्रीकृष्ण जन्माष्टमी पर्वका लागि घोराही– १७ कर्जाहीका थारू महिला वनबाट मालुकाको पात टिपेर घर फकिँदै गरेका महिलाहरुका तस्बिरदेखि डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा तपाईँको मास्क खोइ अभियानमा सहभागी डोटीका सुरक्षाकर्मीहरुसम्मका तस्बिरहरुलाई समेटेका छौं ।