बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार शुक्रवार मात्रै गर्ने सहमति गरेको छ ।
मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक तयारी नपुगेको भन्दै नेताहरूले शुक्रवार मात्रै सरकार विस्तार गर्ने सहमति गरेका प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
दलहरूबीच मन्त्रालय भागबण्डामा कुरो मिल्न नसकेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । राजनीतिक दलहरूले मन्त्री हुने व्यक्तिको टुंगो भने लगभग लगाइसकेका छन् ।
सत्ता गठबन्धनमा सहभागी ५ दलमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने बताएको छ । त्यसबाहेक कां...