काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले नियमित अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन शुक्रबारदेखि सुरु गरिएको छ । वातावरणीय मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपियाँसम्म जरिवाना लाग्ने कानुनी व्यवस्था छ ।विभागका महानिर्देशक नमराज घिमिरेले भने, “प्रदूषण परीक्षणमा ८५ प्रतिशतले पास गर्न सकेका छैनन्, हामी स्टिकर हेर्दैनौँ, गाडीको धु