पाँच वर्षअघिसम्म पानी प्रशस्त पाइने बर्दिवास–१२ स्थित जुरी बजार क्षेत्रमा अहिले खानेपानीको हाहाकार छ । पानीका मुहानहरू सुक्दै गएपछि उक्त क्षेत्रका नदी, पोखरी, इनार र कल सुकेका हुन् । अहिले स्थानीय पानीको जोहो गरिदिन सरोकारवालासँग माग गरिरहेका छन् ।
पर्वत : खोलामा आएको बाढीले पानीको मुहान नै बगाएपछि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ ताङवे गाउँका बासिन्दा कालीगण्डकी नदीको पानी पिउन बाध्य भएका छन्।वडाध्यक्ष विनोद गुरुङका अनुसार गत साउनको ३१÷३२ गतेतिर आएको अविरल वर्षाले ताङ्वे खोलामा आएको बाढीले सोही खोलामा बनाइएको मुहान बगाएपछि गाउँलेहरू समस्यामा परेका छन्। गाउँबाट करिब दुई किलोमिटर टाढा रहेको ताङ्वे खोलामा आएको बाढीले पानीको मुहान बगाउनुका साथै उक्त स्थानमा गहिरो खोँच बनाएर लगेकाले ताङ्वे बस्तीमा पानीको हाहाकार भएको ह
काठमाडौँ – यस पटकको सुक्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ । उदयपुर गढी गाउँपालिकास्थित वडा नम्बर ७ को बतासेमा पानीको मुहान सुकेर गाउँमा पानीको हाहाकार हुन थालेपछि शनिबारदेखि दमकलमार्फत गाउँलेहरूलाई पानी वितरण कार्य सुरु भएको छ । बतासेकी राधाकुमारी मगरका अनुसार बतासेको ट्याङकीमा जम्मा गर्ने स्थानीय खोलाको पानीको मुहान सुकेर […]
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको बगरफाँटमा खानेपानीको हाहाकार भएको छ । पानीको हाहाकार भएपछि स्थानीय बासीन्दा कुवा र खोलाको पानी खान बाध्य भएका हुन् । पहिरो र बाढीले खानेपानीको मुहान र पाइपलाइनमा क्षति पुर्याएपछि खानेपानीको हाहाकार भएको हो। खानेपानीको हाहाकार भोगिरहेका बगरफाँटबासीलाई बाढी र पहिरोको जोखिम पनि छ । मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा […]
माघ २४, पर्वत । आँगनमा बनेका सिमेण्टका घैंटा रित्ता छन् । नजिकै पानीको मुहान छैन । वर्खामा पानी संकलन गर्न बनाइएका सिमेण्टका घैंटा सुकेपछि पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका स्थानीयवासी समस्यामा परेका हुन् ।
शंकरपोखरी जिल्लाकै उच्च स्थानमा पर्छ । यहाँका बासिन्दालाई पानीको समस्या भएपछि २०६४ सालमा ‘फनबोर्ड’ नामक गैह्र सरकारी संस्थाले यहाँका ४० घरमा पानीका घैंटा बनाईदिएको थियो । यि घैंटा अहिले चुहिएर पानी अडिदैन ।
स्थानीय होमप्रसाद भुसालले वर्खाको पानी संकलन गरेर हिउँदमा प्रयोग गर्ने हेतुले निर्माण गरिएका घैँटा विग्रिएपछि पानीको अभाव भएको सुनाए । खानेपानीको जोहो गर्न स्थानीयलाई फेरि समस्या भएको भुसालले बताए ।
स्थानीय तुल्सीदेबी शर्मालाई कठ्याग्रिँदो जाडोमा बिहानै पधेँरामा पुग्नुपर्ने, पालो कुरेर पानी थाप्नुपर्ने बाध्यता छ । ‘आँगनमा घैंटो भएपनि पानी अडिदैँन,’ उनले भनिन्,‘ पानीका लागि दुई घण्टा धाएर गुहेँलीको धारामा पुग्नुपर्छ ।’ स्थानीयले लुगाधुने, नुहाउने र पशुचौपायलाई खुवाउने पानी गाग्रीमा बोकेर जोहो गर्दै आएका छन् ।
पानी लिन गृहणीहरु सबेरै उठ्नु पर्छ । पानी ल्याएर घर फर्किँदा दुई घण्टा बित्छ । पिउने पानीकै अभाव भएपछि तरकारी खेती गर्न र पशुपालन गर्न सकिएको छैन । फलेवास ३ थुमका सुनिता तिवारीले पानीको अभावले खेतीपाती गर्न पनि समस्या भएको सुनाईन् । उनले घरको करेसावारीमा तरकारी फलाउन नसकेको बताईन् ।‘ खानेपानीकै अभाव टार्न सकिएको छैन,’ तिवारीले भनिन्, ‘तरकारी फलाउने त सपना मात्रै भएको छ ।’ बिग्रिएका घैंटा मर्मत गर्न कुनै निकायले सहयोग नगरेको उनले बताइन् ।
शंकरपोखरीमा पानीको अभावले बसाईसराई समेत बढेको छ । गतवर्ष फलेवास नगरपालिकामा २९८ घर बसाईसराई गरेर गएका छन् ।
शंकरपोखरीकै १२० परिवार बसाईसराई गरेर गएको नगरपालिकाले जनाएको छ । बसाइसराईको मुख्य कारण पानीको अभाव हो । फलेवास नगरपालिकाका प्रसासन शाखाका प्रमुख कृष्णप्रसाद पौडेलले विकास निर्माणका गतिविधि सञ्चालन भएपनि पानीको अभावका कारण बढेको बसाईसराई रोक्न नसकिएको उनले बताए ।
यहाँ खानेपानीको समस्या समाधान गर्न ३ वर्ष अगाडीदेखि लिफ्ट खानेपानी आयोजनाको काम शुरु गरिएको थियो । अहिलेसम्म यो आयोजनाको काम पूरा भएको छैन ।
चाँडै खानेपानीको आयोजना गाउँमा आएर घरकै आँगनमा पानी थाप्ने अपेक्षा पूरा नहुँदा स्थानीय निराश छन् । वडाध्यक्ष अर्जुनवहादुर केसीले पानीको समस्या समाधान गर्न अझै एक वर्ष पर्खिनुपर्ने बताए । उनले लिफ्ट खानेपानी आयोजनाको काम तीव्र गतिमा अगाडी बढाउन दवाव दिईएको बताए ।
पाँचथर – पहिरोले मुहान पुरेपछि पाँचथरको सदरमुकाम फिदिम बजारमा तीन दिनदेखि पिउने पानीको समस्या भएको छ । मुहान पहिराेमा परेपछि बुधबारदेखि पानी आपूर्ति ठप्प हुँदा फिदिम नगरपालिका वडा नम्बर १, २ र ४ मा पानीको हाहाकार भएको हो ।
मुहानका सबै संरचनाहरु भत्किएका छन् । रानीटार र लुङरुपाको बीचमा रहेको आप्तुवा खोलाको मुहान मर्मत गरेर पानी आपूर्ति गर्न एक हप्ता भन्दा बढी समय लाग्ने फिदिम खानेपानी तथा सरसफाई समितिको अध्यक्ष समेत रहनुभएका फिदिम नगरपालिका–१ का वडाध्यक्ष गजाधर भट्टराईले बताउ...
प्युठान । एकातिर पानीको हाहाकार र जङ्गली जनावरको त्रास, अर्कोतिर बाढी पहिरो र सामुदायिक बनमा लाग्ने डढेलोको समस्या । अहिले आएर कोरोना महामारीको त्रास । हिजोआज कतिपय स्थानीय तहमा मानिसहरूलाई सामान्य जीवन जिउन पनि कठिन सङ्घर्ष गरिरहनुपरेको छ । जहाँ एक गाग्री पानी ल्याउन करिब ३ घण्टा पैदल हिँड्नुपर्छ । जहाँ किसानले खेतबारीमा लगाएको बाली […]
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलाका बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य भएका छन् ।
तेइस वर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाइ आयोजनाको मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको हो । उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा रहेको मुहान सुकेपछि पानी आपूर्ति हुन नसकेको बताए ।
“एक सय ४३ घरधुरीका करिब आठ नौ सय र मण्डली आधारभूत विद्यालयका विद्यार्थी खानेपानी अभावमा प्रभावित भएका छन्”, उनले भने, “मुहान सुकेपछि खोलाको पानी ल्याएर बाँडेका छौँ । फोहोर पानीले...
चितवन- खानेपानीको मुहान नजिकै क्रसर उद्योग बनाउने क्रममा पानीको मुहान सुकेपछि गाँउमा पानीको हाहाकार भएको छ । मुहान संरक्षण गर्नुको सट्टा प्रयोग गर्दै आइरहेको पानीको मुहान पनि मास्ने क्रियाकलाप भएको स्थानीयको आरोप छ ।
१५ वर्ष अघिदेखि निरन्तर पिउँदै आएको पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालन गर्न आवश्यक संरचना बनाउँदा पा...
पाँचथर । निरन्तरको अविरल बर्षातको कारण फालेलुङ,र हिलिहाङ गाँउपालिकाको विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्यांकी बगाउँदा अहिले त्यस ठाउँमा हाहाकार भएको छ । पहिरोले हिलिहाङ गाउँपालिका वडा नम्बर ३, ४,५,६ का अधिकांशका खानेपानीका मुहानहरु बगाएपछि अहिले खानेपानीको हाहाकार मच्चिएको हो ।