फलेवासमा सुके घैंटा, पानीको हाहाकार

माघ २४, पर्वत । आँगनमा बनेका सिमेण्टका घैंटा रित्ता छन् । नजिकै पानीको मुहान छैन । वर्खामा पानी संकलन गर्न बनाइएका सिमेण्टका घैंटा सुकेपछि पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका स्थानीयवासी समस्यामा परेका हुन् ।  शंकरपोखरी जिल्लाकै उच्च स्थानमा पर्छ । यहाँका बासिन्दालाई पानीको समस्या भएपछि २०६४ सालमा ‘फनबोर्ड’ नामक गैह्र सरकारी संस्थाले यहाँका ४० घरमा पानीका घैंटा बनाईदिएको थियो । यि घैंटा अहिले चुहिएर पानी अडिदैन ।  स्थानीय होमप्रसाद भुसालले वर्खाको पानी संकलन गरेर हिउँदमा प्रयोग गर्ने हेतुले निर्माण गरिएका घैँटा विग्रिएपछि पानीको अभाव भएको सुनाए । खानेपानीको जोहो गर्न स्थानीयलाई फेरि समस्या भएको भुसालले बताए ।  स्थानीय तुल्सीदेबी शर्मालाई कठ्याग्रिँदो जाडोमा बिहानै पधेँरामा पुग्नुपर्ने, पालो कुरेर पानी थाप्नुपर्ने बाध्यता छ । ‘आँगनमा घैंटो भएपनि पानी अडिदैँन,’ उनले भनिन्,‘ पानीका लागि दुई घण्टा धाएर गुहेँलीको धारामा पुग्नुपर्छ ।’ स्थानीयले लुगाधुने, नुहाउने र पशुचौपायलाई खुवाउने पानी गाग्रीमा बोकेर जोहो गर्दै आएका छन् ।  पानी लिन गृहणीहरु सबेरै उठ्नु पर्छ । पानी ल्याएर घर फर्किँदा दुई घण्टा बित्छ । पिउने पानीकै अभाव भएपछि तरकारी खेती गर्न र पशुपालन गर्न सकिएको छैन । फलेवास ३ थुमका सुनिता तिवारीले पानीको अभावले खेतीपाती गर्न पनि समस्या भएको सुनाईन् । उनले घरको करेसावारीमा तरकारी फलाउन नसकेको बताईन् ।‘ खानेपानीकै अभाव टार्न सकिएको छैन,’ तिवारीले भनिन्, ‘तरकारी फलाउने त सपना मात्रै भएको छ ।’ बिग्रिएका घैंटा मर्मत गर्न कुनै निकायले सहयोग नगरेको उनले बताइन् ।  शंकरपोखरीमा पानीको अभावले बसाईसराई समेत बढेको छ । गतवर्ष फलेवास नगरपालिकामा २९८ घर बसाईसराई गरेर गएका छन् ।  शंकरपोखरीकै १२० परिवार बसाईसराई गरेर गएको नगरपालिकाले जनाएको छ । बसाइसराईको मुख्य कारण पानीको अभाव हो । फलेवास नगरपालिकाका प्रसासन शाखाका प्रमुख कृष्णप्रसाद पौडेलले विकास निर्माणका गतिविधि सञ्चालन भएपनि पानीको अभावका कारण बढेको बसाईसराई रोक्न नसकिएको उनले बताए ।  यहाँ खानेपानीको समस्या समाधान गर्न ३ वर्ष अगाडीदेखि लिफ्ट खानेपानी आयोजनाको काम शुरु गरिएको थियो । अहिलेसम्म यो आयोजनाको काम पूरा भएको छैन ।  चाँडै खानेपानीको आयोजना गाउँमा आएर घरकै आँगनमा पानी थाप्ने अपेक्षा पूरा नहुँदा स्थानीय निराश छन् । वडाध्यक्ष अर्जुनवहादुर केसीले पानीको समस्या समाधान गर्न अझै एक वर्ष पर्खिनुपर्ने बताए । उनले लिफ्ट खानेपानी आयोजनाको काम तीव्र गतिमा अगाडी बढाउन दवाव दिईएको बताए । 

सम्बन्धित सामग्री

सोलुखुम्बुको पानीडाँडामै पानीको हाहाकार !

सोलुखुम्बु - सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-५ जुबुको पानीडाँडामै खानेपानीको हाहाकार भएकाे छ । झन्डै दुई वर्षदेखि खानेपानीकाे आपूर्ति बन्द भएपछि पानीडाँडा र खिप्लीका १६ घरपरिवार मर्कामा परेका छन् ।  स्थानीय ८२ वर्षीय निरकुमार बस्नेतले दैनिक दुई किलाेमिटर हिँडेर खानेपानीकाे जाेहाे गर्दै आएकाे गुनासाे गर्नुभयाे । बस्तुभाउका लागि तीन किलाेमिटर टाढाकाे इतल्कु खोलाको पानी बाेकेर ल्याउने गरेकाे अर्का  स्थानीय मदन तामाङले बताउनु भयाे ।  सुकेपोखरी व्यवस्थापनको क्रममा पानी पोख...

उपत्यकामा पानीको समस्या उस्तै (फोटोफिचर)

पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीले गरेका थिए।...

बैतडीमा पानीको हाहाकार

बैतडी सदरमुकाममा खानेपानीको हाहाकार भएको छ ।  दुई हप्तायता यहाँका धाराहरुमा खानेपानी आउने छाडेपछि व्यापारी तथा स्थानीयबासी मारमा परेका छन् । सदरमुकामस्थित बृहत खानेपानी आयोजनामा समस्या आएपछि खानेपानीको हाहाकार भएको गोठलापानीका स्थानीय व्यापारी खिमानन्द भट्टले बताए । उनले भने, ‘पहिला मासिक तीन सय रुपैयाँ तिरेपछि एक महिना पानी खान पाइन्थ्यो । अहिले ट्यांकरमा पानी ल्याउनुपर्दा मासिक चार हजार खर्च हुँदै छ । १८ करोड रकम खर्च गरेर बृहत खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । उक्त आयोजन

कर्णालीको राजधानीमा खानेपानीको संकटः भेरी पम्पिङ आयोजना अघि बढ्न सकेन

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो। बर्सेनी बढ्दो सहरीकरणसँगै पानीको हाहाकार हुन थालेको छ। यहाँ हिउँदको सिजनमा पानीको हाहाकार नै हुन्छ। उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपानी वितरण गरिँदै आएको छ। अझै १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीका धारा अपुग छन्। भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने भने पनि उक्त महत्वाकांक्षी […]

बाढीले पाइप बगाउँदा पानीको हाहाकार

अविरल वर्षापछि आएको बाढी र पहिराले खानेपानीको पाइप बगाउँदा नवलपरासी ९बर्दघाट–सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ।...

बाढीले पाइपलाइन बगाउँदा कुश्मामा पानीको हाहाकार

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा पछिल्ला चार दिनयता पिउने पानीको चरम अभाव भएको छ।वर्षासँगै बढेको बाढी र पहिरोले खानेपानीका पाइप तथा मुहानमा क्षति पुर्‍याएपछि पानीको हाहाकार भएको हो। असार २२ गते राति कुश्मा नगरपालिका–८ चुवास्थित सुन्दरे खोलामा आएको बाढीले कुश्मामा पानीको आपूर्ति गर्न बिछ्याइएको पाइप क्षतविक्षत बनाएपछि सदरमुकाममा पानीको अभाव भएको हो।मोदी गाउँपालिकामा रहेको पाती खोलाको मुहानबाट ल्याइएको उक्त पाइपलाइन कुश्मामा पानीको आपूर्ति गर्ने मुख्य योजना हो। बाढीले क्षति पुर्‍

मुक्त कमैया शिविरमा पानीको हाहाकार

भीमदत्तनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरको मुक्त कमैया शिविरमा पानीको हाहाकार भएको छ । बिहीबार बेलुकी बस्तीमा रहेको धारामा पानीमा...

जलेश्वरमा पानीको हाहाकार

जलको नगरी भनेर चिनिने महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रचण्ड गर्मीसँगै पानीको हाहाकार भएको छ । जलेश्वरको सम्पूर्ण वडाहरूमा पानीको अभाव भएपछि नगरपालिकाले पानी वितरण गर्न सुरु भएको हो ।